धनगढी -काँग्रेस ले कार्बाही गरेका पुर्ब साँसद पुष्कर नाथ ओझाले कैलाली -५ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेका छन् । लामो समय देखि मौन रहेका ओझाले आज धनगढी मा आफू निकट ब्यक्तिहरु संग छलफल गरेका छन् । उनले काँग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेको समर्थकसँग बताएका छन्।
आफू सर्वदलीय हुन खोजेको भन्दै उनले स्वतन्त्र उम्मेदवारीको तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘म सर्वदलीय हुन चाहान्छु। मैले उठाएको प्रश्न सर्वदलीय होस्। यो एक पार्टीको मात्र समस्या होइन। सबै दलहरुको हो।’
पूर्व मन्त्रीसमेत रहेका ओझाले समर्थकहरुसँग प्रवृति विरुद्धको संर्घषको नेतृत्व आफूले गर्ने पनि बताए। उनले भने, ‘कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र चाहिने ?’ धनगढीबाट विद्रोहको सुरुवात भएको बताएका ओझाले ठाउँ सानो भएपनि आयम ठुलो हुने दाबी गरे।
‘धनगढीका जनता मुठीभर भन्दै थिए। छन, तर क्षमतावान छन्,’ उनले समर्थकसँग भनेका छन्, ‘म एक पार्टीको मात्र विद्रोही हैन, कम्युनिष्टमा पनि छन्। कम्युनिष्टमा विद्रोही छन्, तर विरोध गर्न सक्दैनन। सबैको नेतृत्व म गर्छु, कोही तयार छैन, म नलडे कोही लड्दैन। कुनै पनि खालको सम्झौता हुँदैन।’ आजै उनले पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गर्न सक्ने बताईएको छ ।