अत्तरिया – धनगढी स्याउले सडक अन्तरगत झण्डै एक तिहाई सडकको मर्मत सुरु गरिएको छ । सो सडक अन्तरगत गोदावरी नगरपालिका क्षेत्र भित्र पर्ने साढे तिन किलोमिटर सकडको मर्मत कार्य सुरु गरिएको हो । स्याउलेबाट धनगढी जोड्ने १० किलोमिटर सडकमद्ये गोदावरी नगरपालिका ८ अन्तरगत पर्ने सडकको नगरपालिकाद्धारा मर्मत गर्न लागिएको हो ।
धनगढी दिपायल द्रुतमार्गमा समेत पर्ने सडक बर्षातको समयमा हिलाम्मे भएर खाल्डैखाल्डा हुँदा आवतजावत गर्नै नसक्ने अवस्थामा पुगेपछि गोदावरी नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक खण्डमा मर्मत गर्न लागेको हो ।
पछिल्लो समय नदिबाट ढुङ्गा गिट्टि खुला भए सङ्गै सो सडकमा ट्याक्टर चल्न थालेपछि सडकको अवस्था झनै बिग्रीएको छ ।
सडक गोदावरी नगरपालिकाको पाँच लाखको लागतमा मर्मत गरिन लागेको हो । जस अन्तरगत सडमका परेका खाल्डा पुरेर रोलर लगाईने गोदावरी नगरपालिकाका सव ईन्जिनीयर ज्ञानेन्द्र बुढाले बताए । सडक निर्माणका लागि सुर्य बिल्डर्स संग सम्भैता गरिएको छ ।
गोदावरी नगरपालिकाद्धारा अनुगमन
धनगढी स्याउले सडक अन्तरगत गोदावरी नगरपालिकाले मर्मत गरिरहेको सडकको अनुगमन गरिएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँद , गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्ट, गोदावरी नगरपालिकाका प्रवक्ता सर्मानन्द भट्ट र गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारी सहितको टोलिले सडकको अनुगमन गरेका हुन ।
अनुगमन पछि पत्रकारहरु संग संक्षिप्त प्रतिक्रिया दिदै गोदावरी नगरपालिकाका नगरप्रमुख साउँदले धनगढी देखि स्याउले सम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने जिम्मा पाएको भएपनि तत्कालको जनताको समस्या सामाधानका लागि गोदावरी नगरपालिकाले मर्मतको काम गर्न लागेको बताए । उनले सडकमा ठुलठुला खाल्डा भएर नगरबासिलाई आवतजावतमा समस्या भएकाले नगरपालिकाले तत्कालका लागि खाल्डा पुरेर रोलर लगाएर सडक सम्याउने काम गर्ने बताए ।

गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नरेश बहादुर अधिकारी स्याउले बासिलाई यस सडक भएर धनगढी जान नजिक पर्ने भएपनि सडकको दुरावस्थाले निकै सास्ति खेप्नु पर्ने बाद्यता रहेकाले सडक मर्मतका लागि आफूले नगरपालिकामा पहल गरेको बताए । उनले स्थानिय स्तरबाट सडक मर्मतको लागि चर्को दवाब आएकाले सडक प्रदेश मातहत निर्माण गरिने भनिए पनि तत्कालको समस्या सामाधानका लागि मर्मतको काम अगाडी बढाईएको बताए ।
आवतजावतमा सहज हुने बिश्वास
गोदावरी नगरपलिका क्षेत्रको साढे तिन किलोमिटर सडकको मर्मत कार्य अगाडी बढेपछि आवतजावतमा सहज हुने बिश्वास बढेको स्थानियले बताएका छन । सडकमा जताततै खाल्डैखाल्डा भएपछि मोटरसाईकल चिप्लिने , ट्याक्टरको ट्रालि समेत पल्टिने समस्या रहेकोमा सडक मर्मत पछि यात्रा गर्न सहज हुने गोदावरी नगरपालिका ८ का प्रकाश पाठकले बताए ।
‘स्याउले अत्तरिया खण्डको सडकमा सबैभन्दा बढी खाल्डाखुल्डी गोदावरी नगरक्षेत्रमै छन ।’ स्थानिय पाठकले भने– ‘सडकमा ग्राबेल गरिएकै भएपनि स्थानियले केहि राहत पाउने छन ।’ स्थानिय लाल बहादुर चौधरी सडक मर्मतको काम सुरु भएपछि खुसि भएको बताए ।
विसं २०६४ मा धनगढी स्याउले १० किलोमिटर सडक कालोपत्र गरिएको गरिएको भएपनि वर्ष दिन नपुग्दै भत्किएको थियो ।