अछाम -महेन्द्र कुँवर फाउण्डेसनको आयोजनामा अछाम जिल्लाको वैद्यनाथ धाममा आयोजना गरिएको नौरथा पुजा महोत्सव समापन भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको पुजा महोत्सव दुर्गा भवानीको पूजा आराधनाका साथै भजन ,कृतन , झाँकि , देउडा खेल , हुड्केउली ,कथा प्रवचन गरी मनाईएको थियो । घटस्थापनाका दिन देखि सुरु भएको नौरथा समापन कार्यक्रममा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी , भवानी बक्स गणका गणपति , लगाएतका व्यक्तीको उपस्थिती थियो ।
पञ्चेबाजा ,कन्याहरुबाट मन्दिरको परिक्रमा गर्रि देवीका मुर्ति दवुढीगंगामा विर्सजन गरि महोत्सवको समापन गरिएको हो । समापन कार्यक्रममा समाजमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान समेत गरिएको थियो । भगवान रामबाट रावणको पुत्ला समेत दहन गरिएको थियो । नवरात्रका नौ दिन सम्म पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिएको थियो ।
' हाम्रो धर्म संस्कृतीको रक्षागर्नु यो पुण्य क्षेको संरक्षण र सम्र्वदन गर्नु हामि सबैको कर्तव्य हो । सोहि अनुरुप हाम्रो फाउण्डेसनले शिक्षा स्वास्थ्य पर्यावरण लगाएतका क्षेत्रमा काम गदै आएको छ ,' यी कामलाई निरन्तरता दिने प्रयास गर्ने फाउण्डेसनका अध्यक्ष महेन्द्र कुँवरले बताए ।
फाउण्डेसनले अछाममा शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रमा विगतका वर्ष देखिनै काम गदै आएको छ ।