काठमाडौं - सत्ता गठबन्धनबाट चुनाव लड्न नेकपा एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ।
सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो ।
जसअनुसार समाजवादीले सुदूरपश्चिम प्रदेशबाट अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र सहित इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा र दैलेख १ निर्वाचन क्षेत्र दिइने भएको हो ।
तर, ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।