अत्तरिया -गठबबन्धनको कारण डोटीमा टिकट गुमाएका कांग्रेस नेता वीर बहादुर बलायरले कैलाली -४ मा आफ्नो प्रचार शुरु गरेका छन् । डोटीमा प्रेम आले ले टिकट पाउने भएपछि पार्टी सभापती शेर बहादुर देउबाले बलायरलाई कैलाली -४ मा आफ्नो तयारी गर्न भनेका थिए ।
केही दिन अलमलमा रहेका बलाएर ले अन्तत हिजो आज भने प्रचार प्रसार शुरु गरेका छन् । अहिले उनले टेलिफोनबाट नै प्रारम्भिक रुपमा केही समिती ब्यक्तीहरु सँग प्रतिकृया लिन शुरु गरेका छन् । उनि निकट स्रोतका अनुसार केही दिनमा उनी यँहा आउने छन् ।
स्थानिय स्तरमा पनि उनको टिम प्रचारको तयारीमा जुटेको छ । यदपी पार्टीले टिकट दिएको औपचारिक घोषणा भएपछि मात्रै अन्य कार्यक्रम सार्बजनिक गरिने बताइएको छ ।
कैलाली -४ डोटी कै स्थानियहरुको बाहुल्यता भएको क्षेत्र हो । बलाएरका आफन्तहरुको पनि ठुलो समुह यँहा बसोबास गर्ने गर्दछन ।
यही मनोभाबना बुझेर पार्टी सभापतीले बलायर ४ वा ५ मा चुनाब लडन भनेका थिए । तर उनका आफन्तहरुले ५ भन्दा ४ सुरक्षित हुने सुझाएका थिए ।
डोटीमा गठबन्धन नहुने
डोटी कांग्रेसले जिल्लामा गठबन्धन गर्न आवश्यक नरहेको निर्णय गरेको छ ।मंगलबार सदरमुकाम दिपायल सिलगढीमा बसेको डोटीका ९ वटै स्थानीय तहका सभापतिहरूको बैठकले जिल्लामा नेपाली कांग्रेस एक्लै निर्वाचनमा होमिँदा पनि बलियो रहेको भन्दै गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो । गत स्थानीय तहमा पनि केन्द्रको निर्णयविरुद्ध कांग्रेस एक्लै निर्वाचनमा होमिएको र त्यसमा सफल भएको कांग्रेसको दाबी छ । एक्लाएक्ले लड्दा यहाँको ९ पालिकामध्ये साढे सातमा जितेको निर्णयमा उल्लेख गरिएको छ ।
स्थानीय तहमा पनि सफल भएको भन्दै यसपटक पनि यहाँ गठबन्धन नगर्न केन्द्रलाई दबाब दिने उद्देश्यले यहाँका सबै पालिकाका सभापतिहरूको बैठकले गठबन्धनको विरुद्धमा सर्वसम्मत निर्णय गरेका हुन् । ‘गएको स्थानीय निर्वाचनमा पनि केन्द्रीय कमिटीको निर्णयविरुद्ध जाँदा डोटीका ९ मध्ये साढे ७ स्थानीय तहमा कांग्रेसले सफलता पाएको सर्वविदितै छ’, बैठकले गरेको निर्णयमा भनिएको छ, ‘डोटी कांग्रेस गठबन्धनका विरुद्धमा रही केन्द्रीय नेतृत्वलाई दबाब सृजना गर्न सर्वसम्मत निर्णय गरियो ।’
पार्टीको केन्द्रीय समितिले गर्ने प्रचारमा पनि आफूहरूको संलग्नता नरहने तथा गठबन्धनका उम्मेदवारलाई मतदान नगर्ने उनीहरूको निर्णय नै गरेका छन् । जिल्लाका ९ वटै पालिकाका सभापतिहरू गठबन्धन नगर्ने पक्षमा रहेको निर्णयमा भनिएको छ ।