धनगढी - काँग्रेस नेता सुनिलकुमार भन्डारीले आफू आफ्नो पोजिसनबाट एक इन्च पनि ब्याक नभएको बताएका छन् । कैलाली - ४ बाट संघिय चुनाव उठने तयारी मा रहेका भन्डारीले केही दिन यता उम्मेदवार को विषयमा आएका हल्लाहरु बेतुक का भएको टिप्पणी गरेका छन् ।
'पार्टी ले केहि पनि निर्णय गरेको छैन । बजार मा जे जति हल्ला चलेका छन्, यी सबै वाईयात नै हुन । म कतै ब्याक भएको छैन , ४ नम्बर बाट मेरो उम्मेदवारी हुन्छ,' भन्डारीले गोदावरी न्युज संग भने,' तपाईं को मिडिया मार्फत जनता लाई यो खबर पुगोस कि सुनिल भन्डारी नै हो उम्मेदवार , अरु होइनन् । मैले कसैलाई समर्थन पनि गरेको छैन ।'
उनले आफ्नो तयारी निकै अघि बढेको समेत दाबी गरे। भन्डारीले आफ्ना बारेमा बजारमा चलेका हल्ला प्रती असन्तुष्टी समेत जनाएका छन । 'म सुन्दै छु सुनिल भन्डारी त ब्याक भईसके ४ मा फालानोलाई समर्थन गरे ५ मा फलानोलाई समर्थन गरी सके भन्ने हल्ला गरिन्दै छ यि सबै कुरा सत्य होइनन,' उनले भने ।
कैलाली - ४ मा कांग्रेस भित्र टिकटको लागि रस्साकस्सी चलेको छ । शुरुमा भन्डारी यो क्षेत्रमा निर्बिकल्प उम्मेदवार को रूपमा हेरिएका थिए । तर पछि उम्मेदवार सिफारिस सम्म आईपुग्दा संघ को लागि क्षेत्रीय समिति ले भन्डारी सहित ८ जनाको नाम सिफारिस गरेको थियो ।
अहिले डोटी मा गठबन्धन को तर्फ बाट एकीकृत समाजबादीका प्रेम आले ले टिकट पाउने पक्कापक्की जस्तै छ । डोटी आले को भाग मा परेपछि काँग्रेस प्रदेश सभापति वीर बहादुर बलाएर लाई कैलाली -४ बाट चुनाब लडाउने काँग्रेस सभापति देउवा को योजना रहेको उनी निकट नेताहरू ले बताउँदै आएका छन् । भण्डारी २०७४ को चुनावमा तत्कालिन बाम उम्मेदवार लेखराज भट्ट सँग पराजित भएका थिए ।