कैलाली- बाढी प्रभावितको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसो र फोहोरमा बसेका कारण उनीहरुमा ज्वरो र रुघाखोकीको समस्या देखिन थालेको हो ।
यस्तो समस्या देखिएपछि भजनी नगरपालिकाका करिब पाँच सय प्रभावितको उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । बाढी प्रभावित बिरामी पर्न थालेपछि सबै वडामा औषधिसहित स्वास्थ्यकर्मी खटाएको उनले बताए ।
‘प्रभावितहरु डुबानको दोस्रो दिनबाट बिरामी पर्न थालेका छन् , उनले भने,‘चार÷पाँच जनालाई झाडापखालाो समस्या पनि देखिएको थियो । उपचारपछि ठीक भएका छन् ।’ सामूहिक मेसमा खाना खाइरहेका प्रभावितहरुलाई पानीका समस्या भएको बताएको छ । उनीह दूषित पानी पिउन बाध्य रहेको जनाएको छ ।
सतर्कता अपनाईयो
कैलालीको बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण फैलिन नदिन सतर्कता अपनाइएको छ । डुबानपछि फोहोर, लामखुट्टे र दूषित पानीका कारण विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाइएको हो । गत शनिबार विभिन्न नदीमा आएको बाढीका कारण जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा बढी डुबान भएको थियो ।
डुबानका कारण करिब पाँच हजार परिवार विस्थापित भएकामा धेरैजसो अझै घर फर्कन सकेका छैनन् । उनीहरू हुलाकी सडक, सुरक्षित भवन, विद्यालयलगायतमा बसिरहेका छन् । फोहोर, चिसोलगायतका कारण बाढी प्रभावितलाई विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले त्यस्ता रोगको सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाइएको भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए । ‘हामीले सबै वडामा आवश्यक औषधिसहित स्वास्थ्यकर्मी खटाएका छौँँ’,।
उनले भने,‘यसका साथै सरसफाइ र पानी शुद्धीकरणसम्बन्धी जनचेतना फैलाउने कार्य गरिरहेका छौँ ।’भजनी नगरपालिकामा सबैभन्दा बढी विस्थापित छन् । सो पालिकाको वडा नम्बर ३, ५, ७ र ८ पूर्ण रूपमा डुबेको थियो । डुबान भएका घरबाट पानी निस्केको छ । डुबान भएको बेलामा दूषित पानी र चिसोका कारण पनि धेरै मान्छे बिरामी पर्ने सम्भावना रहने गरेको चौधरीले बताए ।
उनले बाढी प्रभावितलाई पानीकै कारण कुनै स्वास्थ्य समस्या नहोस् भनेर नगरपालिकाले सबै वडामा ‘मिनिरल वाटर’ बाँडेको उल्लेख गरे । ‘अझै केही समय मिनिरल वाटर नै पिउन र नल्काको पानी पिउनैपर्ने भएमा राम्रोसँग उमालेर मात्रै पिउनका लागि समुदायवासीलाई आग्रह गरेका छौँ’,। स्वास्थ्य संयोजक चौधरीले भने । डुबान भएको कतिपय क्षेत्रमा उच्च नल्का रहेको थियो ।
उच्च नल्का भएका ठाउँका स्थानीयवासीले ती नल्काबाट पानी खाइरहेका जनाइएको छ । तर, बाढी घटेपछि कतिपयले डुबान भएको नल्काको पानी पिउन थालेका छन् । कैलारी गाउँपालिकामा उच्च नल्का नभएका गाउँका बाढी प्रभावित आ आफ्नो नल्काकै पानी प्रयोग गर्न थालिसकेको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए ।’प्रभावितलाई रोगको संक्रमण हुनसक्ने भन्दै सो गाउँपालिकाले स्वास्थ्यको ‘क्विक रेस्पोन्स टिम’ (आरआरटी) तयारी अवस्थामा राखेको छ ।
कहीँकतै समस्या देखिएमा वा संक्रमण फैलिएमा तुरुन्तै स्वास्थ्यकर्मी परिचालन हुने सापकोटाले बताए । कैलारी गाउँपालिकाको वडा नम्बर ५, ७ र ८ मा बाढीले बढी समसया गरेको थियो । बाढी प्रभावित क्षेत्रमा खास गरेर डेंगु, मलेरिया, भाइरल ज्वरो, झाडापखाला र स्क्रबटाइफस संक्रमणको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
रोग संक्रमणको जोखिमलाई मध्यनजर गरेर पालिकाहरूमा आवश्यक औषधि, वाटर गार्ड र पीयूष पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले जानकारी दिए । ‘