अत्तरीया- कैलालीको अत्तरीयामा यूटर्न ईन्टरनेशनल प्रा.लि को सुदुरपश्चिम प्रदेश विक्रि केन्द्र उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य र समृद्धि सँगै आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धन अभियानका साथ आज वुधबार यस सुदुरपश्मि प्रदेश विक्रि केन्द्र उद्घाटन भएको हो ।
यूटर्न ईन्टरनेशनल प्रा.लि को मुख्य कार्यलय महाराजगन्ज काडमान्डौंका रहेको छ । देशमा यस प्रा.लि का ११ वटा शाखा कार्यलय रहेका छन् ।
त्यस्तै आज यसको शाखा कार्यलय गोदावरी २ रिङरोड गोदावरी एफ.एम को तल्लो तलामा सुदुरपश्चिम प्रदेश विक्रि केन्द्र उद्घाटन भएको हो ।
कार्यक्रम यूटर्न ईन्टरनेशनल प्रा.लि को सुदुरपश्चिम प्रदेश विक्रि केन्द्रका प्रमुख हिमलाल खनालको अध्यक्षतामा भएको हो । त्यस्तै प्रमुख अथितीमा यूटर्न ईन्टरनेशनल प्रा.लि का प्रबन्ध निर्दैशक सुवाश केसी रहेका थिए । भने कार्यक्रम संञ्चालन यूटर्न ईन्टरनेशनल प्रा.लि का थ्रिस्टार लिडर महेन्द्र बेलवासेले गरेका थिए । कार्यक्रममा डडेलधुरा राष्ट्रिय सभा सदस्य निर्वतमान चक्र प्रसाद स्नेही रसायली लगाएतको सहभागीता रहेको थियो ।
त्यस्तै कार्यक्रका प्रमुख अथिती यूटर्न ईन्टरनेशनल प्रा.लि का प्रबन्ध निर्देशक सुवाश केसीले कार्यक्रमा बोल्दै यस यूटर्न ईन्टरनेशनल प्रा.लि को सुरुवात गरेको जम्मा २ बर्ष भएको व्यक्त गर्दे अहिले देशका ११ स्थानमा स्थापना भईसकेको बताए ।,
उनले भने ४ जनाबाट सुरु गरेको काममा अहिले हामी ३० हजार जना भईसको कुरा प्रस्ट पार । मौरीजन्य पदार्थ बाट प्राप्त र हिमाली जडिबुडीलाई प्रशोधन गरेर ३१ वटा वस्तु आफ्नै कम्पनिबाट उत्पादन हुने उनले बताए ।
त्यस्तै उत्पादीत वस्तु बिदेशमा समेत निर्यात हुने उनले बताएका छन् । अझौ यो भन्दा वढी वस्तु उत्पादनमा जोड दिईराखेको उनले जनाएको छ ।