अत्तरीया- गोदावरि नगरपालिका अत्तरिया स्थित आज सोमवार अनेरास्ववियुको ऐतिहासिक गोदावरि सम्मेलेन उद्घाघाटन सम्पन्न भएको छ । अत्तरीयामा रहेको प्रतिभा सामुदायक पुस्ताकलयको एक हलमा उक्त कार्यक्रम सोमबार सम्पन्न भएको हो ।
विद्यार्थीको हक अधिकारका लागि आवाज उठाउने नेता संगठनको रुपमा बि.स २०२२ सालमा अनेरास्ववियु स्थापित भएको थियो । शिक्षामा भैरहेको बेथिति रोक्नकालाई, अन्यायमा परेका विद्यार्थीको न्यायका लागि आवाज उठाउने संगठन अनेरास्ववियुले भव्य सम्मेलन गोदावरि नगर कमिटी सम्पन्न भएको हो ।
कार्यक्रमका सभा अध्यक्ष अनेरास्ववियुका कैलाली जिल्ला कमिटी सदस्य गणेश नाथ योगी, प्रमुख अथितीमा नेकपा एमालेका केन्द्रय सल्लाहाकार सदस्य डिल्लीराज भट्ट रहेका थिए ।
त्यस्तै विशिष्ट अथितीमा अनेरास्ववियु सुदुरपश्मिका सदस्य लक्ष्मण साउँद, नेकपा एमालेका केन्द्रिय सल्लाहाकार किसन सिह साउँद, नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष दुर्गा जोशी रहेका थिए । त्यस्तै स्वागत मन्तब्य पुस्पराज सुवेदिले राखेका थिए । भने कार्यक्रम संञ्चालन नरेश नाथ योगीले गरेका थिए ।
कार्यक्रम सभा अध्यक्ष अनेरास्ववियुका कैलाली जिल्ला कमिटी सदस्य गणेश नाथ योगीले कार्यक्रम समापन गर्दै अनेरास्ववियु एउटा विद्यार्थी आवाज हो । विद्यायार्थीका हक, अधीकाका लागी लडीरहेको छ । अनेरास्ववियु अहिले देशको ७७ वटा जिल्लामा विस्तार भएको कुरा उनले प्रस्ट पारे । साथै अहिले गोदावरी नगर कमिटि बन्ने पनी उनले व्यक्त गरे ।
साथै उक्त कार्यक्रममा गोदावरी नगरपालीका भित्रका मावि तहका ६ विद्यालयबाट गरिव ५०० जना विद्यायार्थी सहभागी रहेका थिए । कार्यक्रमको अन्तिमा बन्दशत्रमा गोदावरी कमिटीबाट ४१ जनाको संगठन गठन भएको अनेरास्ववियुका कैलाली जिल्ला कमिटी सदस्य गणेश नाथ योगीले बताए ।