अत्तरिया – बिहिबार दिउँसो १ बजेर ३८ मिनेटमा अत्तरियाको पहाड रोडमा बजार अनुगमनको टोलि आईपुग्यो । टोलिले बसपार्क अगाडीका पसलहरुमा अनुगमन सुरु ग¥यो । अनुगमनकर्ताले पहिलो अनुगमन किराना पसलमा गरे । पसलको फ्रिज खोलियो । फ्रिज खोल्ने बितिकै यति धेरै दुर्गन्ध आयो कि अनुगमनको टोली फ्रिज खोलेको ठाउँबाट टाढा भाग्न बाद्य भए ।
त्यसपछि पसलेको जवाफ आयो यो फ्रिज चालु छैन । तर फ्रिज भित्र बिक्रिका लागि फलफुलका जुस राखिएको थियो । जुन जुस अनुगमनकर्ताले जफत ग¥यो र पसलेलाई पहिलो पटक भनि कारवाहि स्वरुप चेतावनी दिईयो । पसले मुसुक्क मुस्कुराए । सोहि पसलमा अनुगमन गदै जाँदा मुल्य नभएका , गुणस्तरहिन अरु पनि खाद्य पदार्थ फेला परे ।
त्यसपछि अनुगमन टोलि मिठाई पसलमा पुगे । मिठाई पसल बाहिर बाट हेर्दा चिटिक्क परेको थियो । अनुगमन टोलि पसल भित्र पस्यो । पसलको फ्रिज खोल्यो फ्रिजमा हाईड्रो नामक क्यामिकल राखिएको थियो जुन मानव स्वास्थ्यका लागि एकदमै घातक मानिन्छ । पसलले उक्त हाईड्रो जेरीमा प्रयोग गर्ने गरेका थिए ।
त्यसपछि अनुगमन टोलिले हाईड्रो बरामत ग-यो र अनुगमन कर्ताको आखाँ नजिकै राखिएको जेरीमा प-यो । जेरी बाहिरबाट हेर्दा एकदमै आकर्षक थियो । जसमा हाईड्रो क्यामिकल र रंग प्रयोग गरिएको थियो । अनी अनुगमनकर्ताले त्यो सबै जेरी जफत गरे । जेरीकै छेउमा खुल्ला रुपमा पकैडा राखिएको थियो जुन प्लेट माथि पत्रिकामा राखिएको थियो । यसरी पत्रीकामा राखिनु स्वास्थ्यका दृष्टिकोणले हानिकारक हुने भन्दै पकैडा पनि जफत गरे।
अनी अनुगमन कर्ताले पसलेलाई चिनिहाले र सोधे तपाईलाई मैले आज तेस्रो पटक भन्दै छु यसरी पत्रिकामा राख्न हुँदैन भनेर तपाईले अटेर किन गर्नुभएको । पसलेले मन्द मुस्कानमा भने अब देखि गर्दैन यस्तो गल्ति । होटलको भान्सा पनि त्यस्तै दुर्गन्धित भएको अनुगमन कर्ताले फेला पारे ।
त्यसपछि अनुगमन कर्ता अत्तरिया बजारका २९ ओटा पसलमा अनुगमन गरे ।
सुरुमा अनुगमन गर्दा भेटिएका पसलेका त्रुटि बिस्तारै कम हुँदै गए । सुरुमा होटलको भान्सा निकै फोहोर देखिने , होटलमा खुला रुपमा खाने कुरा राखेको भेटिने , अखाद्य पदार्थ भेटिने गरेकोमा त्यो बिस्तारै कम हुँदै गयो । पछि अनुगमन गरेका होटल बिस्तारै सफा देखिदै गए , अखाद्य पदार्थ होटलमा भेटिन छाडे । अनी अनुगमन कर्ताले भने अब केहि भेटिन्न सबैले थाहा पाईसके हामी आएको । १ बजेर ३८ मिनेटमा सुरु भएको अनुगमन ४ बजेर २६ मिनेट हुँदा सम्म बजारमा धेरै परिवर्तन आईसकेको थियो ।
२ घण्टा ४८ मिनेटमा आएको परिवर्तन देखेर सबै दङ्ग थिए । तर त्यो परिवर्तन कति दिगो थियो कसैलाई थाहा थिएन । यसरी चाडपर्वका समयमा कर्मकाण्डि अनुगमन गर्ने सरकारको पुराको परम्परा सकियो । जुन यस पनि बर्ष २ घण्टा ४८ मिनेट अत्तरियामा भयो ।
किन हुँदैन नियमित अनुगमन
पछिल्लो समय राज्यको पुनर्सरचना भए संगै अनुगमन गर्ने जिम्मेवारी पनि स्थानिय तहले पाएको छ । अहिले स्थानिय तहमै उपमेयरले जुनसुकै समयमा अनुगमन गर्न सक्छन । बिहिबार भएको अनुगमन पनि खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय संगको सहकार्यमा गोदावरी नगपालिकाका उप प्रमुखकै अध्यक्षतामा भएको थियो । अनुगमन गर्ने निकाय र अधिकार सहितको स्थानीय सरकार गठन भएको भएपनि बजार अनुगमन अझै पनि नियमित हुन सकेको छैन ।
गोदावरी नगरपालिकाले तयार पारेको कार्यविधीमै आर्थिक बर्षको सुरुमै बजार कति पटक अनुगमन गर्ने , कसरी अनुगमन गर्ने भनेर योजना बनाउनु पर्ने उल्लेख भएपनि आर्थिक बर्ष सुरु भएको ३ महिना बितिसक्दा पनि नगरपालिकाले अहिले सम्म योजना बनाउन सकेको छैन । यस आर्थिक बर्षको पहिलो अनुगमन बिहिबार सम्पन्न गरेको छ । जुन चाडपर्वलाई लक्षित गरी गरिएको थियो ।
गोदावरी नगरापालिकाकी उप प्रमुख रत्ना कडायतले चाडपर्वमै अनुगमन गर्ने भन्ने आरोप लाग्ने गरेको भएपनि अब भने कार्यबिधि अनुसार कार्ययोजना बनाएर नियमित अनुगमन गर्ने बताईन ।
सम्बन्धित खबर - गोदावरी नगरपालिकाद्धारा अत्तरिया बजारमा अनुगमन