अछाम- अछाममा अविरल बर्षासँगै आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पछिल्लो अपडेट हेर्दाै
२२ जना पुगेको छ । भने पहिरोमा परी ११ जना बेपत्ता भएका छन् ।
अछामको ढकारी, तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिक ३ पालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २२ पुगेको हो ।
मृत्यु हुनेमा ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षीय जानकी शाही, सोही गाउँपालिका का १७ बर्षीय बिमला शाही,४५ बर्षीय नेत्र शाही, ३६ बर्षीय मनिषा शाही,१७ बर्षीय कल्पना शाही, १३ बर्षीय सुन्दर शाही, १ बर्षीय मेनिका शाही,३ बर्षीय कल्पना शाही, २१ बर्षीय भावना शाही र कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षीय अमृता कामी, १७ बर्षीय समिता कामी, २१ बर्षीय अर्धना कामी, ९ बर्षीय निखिल कामी,३६ बर्षीय मैनकला कामी, १५ बर्षीय गिता कामी, १२ बर्षीय सिरु कामी रहेको प्रहरीले जनाएको छ ।
यस्तै, कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकैघरका २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, ३ वर्षीय कलु दमाई, ४ वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी डाँगीले जानकारी दिए।
यसैगरी, घाइते हुनेमा ढकारी गाउँपालिका ६ बस्ने ६२ वर्षीय हर्क वुढा, २१ वर्षीय चन्द्र देवी बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्र सिह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय शुसिल कामी, २ वर्षीय सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ वर्षीय खटी दमाई रहेको उनले जानकारी दिए।