अत्तरिया - दुर्गालक्ष्मी बहुमुखि क्याम्पसमा रचना वाचन शृङ्खला १ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार आज दुर्गालक्ष्मी क्याम्पसको नेपाली विषय शिक्षण समितिको आयोजनामा दुर्गालक्ष्मी वाचन शृङ्खला १ कार्यक्रम सम्पन्न भएको हो ।
भाषा सहित्य,कला र सस्कृतिको प्रवद्र्धनका लागि दुर्गालक्ष्मी रचना वाचन शृङ्खला १ कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रमको,आकर्षक साहित्यिक स्रष्टाहरु गजलकार अमर खड्का , खडक बिष्ट , कुश्मा भट्ट र कवि खेम बतास, तोयनाथ भट्टले साहित्यिक रचनाहरु वाचन गरेका थिए । साहित्यिक स्रष्टाहरुले रचनाको प्रस्तुती तीन चरणमा गरेका थिए । साहित्यक स्रष्टाहरुको रचना वाचनले क्याम्पसको माहोल नै तताएको थियो ।
भाषा, सहित्य, कला र सस्कृतिको प्रवद्र्धनका लागि आगामी दिनहरुमा पनि यस्ता साहित्यिक कार्यक्रम आयोजना गर्ने दुर्गालक्ष्मी क्याम्पसको नेपाली विषय शिक्षण समितिले बताएको छ । साहित्यिक स्रष्टाहरुलाइ प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डाक्टर डम्मर बहादुर पाल ,प्रध्यापकहरु, साहायक प्राध्यापकहरु तथा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रम सञ्चालन दुर्गालक्ष्मी बहुमुखि क्याम्पसका नेपाली बिषय शिक्षण समितिका अध्यक्ष तथा उप प्राध्यापक पदम प्रकाश साउँदले गरेका थिए ।