धनगढी -अत्तरिया उधोग बाणिज्य संघको साधारण सभा नहुँदा स्वयम कार्य समितीका सदस्यहरु असन्तुष्ट बनेका छन्। २०७५ सालमा संघको साधारण सभाबाट हालको नेतृत्व चयन भएको हो । ३ बर्षे कार्यकाल रहेको संस्थाको साधारण सभा अझै हुने कुनै छांटकांट देखिएको छैन । संघको साधारण सभा २०७८ मा हुनुपर्ने हो तर अहिले सम्म भएको छैन ।
२०७५ मा अशोक देबकोटाको नेतृत्वमा कांग्रेस समर्थकहरुको पुरै प्यानल बिजयी भएको थियो । संघका एक पदाधिकारीले भने- 'चुनाबी साधारण सभा गरौ भनेर अध्यक्षलाई पटक पटक जानकारी गराएका हौँ तर उँहाले नै कुनै चासो देखाउनु भएको छैन । अब हामी त सामुहिक राजिनामा दिने पक्षमा छौं । यसरी संस्था चल्दैन ।'
अध्यक्ष देबकोटा ले भने कोरोना को बेला साधारणसभा राख्न नसकिएको कारण १ कार्यकाल थप गरिएको दाबी गरे । उक्त समय चैत्र महिना मा सकिने र अनि बैशाख मा अधिबेशन गराउने उनको भनाई छ ।
स्रोतका अनुसार नेपाल उधोग बाणिज्य महासंघको साधारण सभा चैत्र मा हुने भएकाले त्यसमा आँफैले भोट हाल्ने गरी हालका अध्यक्ष देबकोटा चैत्र पछि मात्रै साधारण सभा गर्ने मुडमा रहेका छन् ।उनि आफु पनि महासंघका केन्द्रिय सदस्य लडने भएकाले पनि साधारण सभा पछि नै गर्नुपर्ने आफु निकटका ब्यबसायीहरुलाई कनभिन्स गर्न थालेका छन् ।
गतिबिधी प्राय शुन्य
ब्यबसायीहरुको साझा संस्था भएपनी उधोग बाणिज्य संघको गतिबिधी प्राय शुन्य नै रहेको छ । बिगतमा कोरोनाले ब्यबसायीहरु मारमा परेको भएपनी संघले ब्यबसायीहरुलाई प्रोत्साहन गर्ने कुनै कार्यक्रम ल्याउन सकेको छैन । संघको भबनलाई पूर्णता दिने हालको नेतृत्वले चुनावको बेला बाचा गरेको थियो तर त्यो काम पनि अहिले सम्म पूर्ण भएको छैन ।
निजी क्षेत्रका ब्यबसायीहरुको संस्था भएपनी हाल सम्म खासै ब्यबसायीहरुलाई पर्ने गार्हो सार्होको पक्षमा पनि संस्थागत लबिङ गर्न नसकेको ब्यबसायीहरुले बताएका छन् । अत्तरियाका एक ब्यबसायीले भने -'उधोग बाणिज्य संघको काम भनेको महिनामा २ दिन बजार बन्द गराउन माइकिङ गर्नु भन्दा त अरु केही देखिएको छैन । ब्यबसायीहरु यत्राो मारमा परेका छन् , हाम्रो दु:ख शुखको बारेमामा पनि कहिले बोलाएर सोधपुछ गर्दैनन् ।'