डडेल्धुरा- छुट हलियाका नाममा असुलेको अवैध रकम ७ दिन भित्र फिर्ता गरिने दुइपक्ष बीच सहमती भएको । कञ्चनपुरको ‘छुट हलिया मुक्ति जिल्ला समिति’ले डडेल्धुरामा उप–शाखा खोलि छुटहलियाको तथ्याङ्क संकलन गर्नेभन्दै २ हजार ३ सय रुपैयाँ असुलेको आरोप लागेको थियो । डडेल्धुरा प्रशासन तथा सम्बन्धित मन्त्रालयको अनुमति बिना रकम असुलेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
अवैध रकम संकलन गर्ने हलिया मुक्ति जिल्ला समिती कञ्चनपुरका केन्द्रीय सचिब कृष्ण बिकलाई ७ दिन भित्र सम्बन्धीत व्यक्तिलाई फिर्ता गर्न दिर्नेशन दिएको उनले बताए । सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा छुट मुक्त हलिया, कमैया तथा सुकुम्बासीको तथ्याङक संकलन गर्ने नाममा सो संस्थाले लाखौ रकम संकलनमा थियो । छुट मुक्त हलियालाई घरजग्गा उपलब्ध गराउने नाममा हलिया मुक्ति जिल्ला समिती कञ्चनपुरले अबैधानीरुपमा रकम संकलन गरीरहेको थियो ।
भूमि व्यबस्था, कृषी तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशले छुट हलिया मुक्ति जिल्ला समिती कञ्चनपुरलाई ९ जिल्लाको छुट मुक्त हलिया, कमैया तथा सुकुम्बासीको तथ्याङक उपलब्ध गराउ दिएको पत्रमा भेटीएको छ । अबैधानीक काम गरेको भन्दै जिल्ला हलिया मुक्ति समाज डडेल्धराले हलिया मुक्ति जिल्ला समिती कञ्चनपुरमा मुद्धा दर्ता गरेपछि केन्दीय सचिब कृष्ण बिक जिल्ला प्रशासनले हाजिर गराएको हो । लामो छलफलपछि डडेल्धुरामा ५५ जनाबाट अबैध रकम संकलन गरेको देखिएको छ । उक्त संस्थाले ७ दिने भित्र रकम फिर्ता गर्ने लेखीत प्रतिबन्धता गरेको प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।
संस्थाको विद्यानमा कञ्चनपुर जिल्लामा मात्र कार्यक्षेत्र रहने भने प्रष्ट उल्लेख भएपनी बिद्यान विपरीत काम गरि रहेको छ । सचिव बिकका अनुसार कञ्चपुरमा मात्र कार्यक्षेत्र हुनेगरि दर्ता भएको संस्थाले ९ जिल्लामा काम गर्ने बिद्यान बनाई सकेको र कार्यक्षेत्रका सबै स्थानीय तथा जिल्ला प्रशासनहरुलाई पत्र पठाएको दाबी छ । तर डडेल्धुराका सात वटै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयमा कुनै पत्र छैन । संस्थाले पहाडी जिल्ला डोटी, बैतडी, अछाम, बाजुरा, बैतडी दार्चुलामा नाम संकलन गरिरहेका सचिब बिकको भनाई छ ।
अवैधानिक कार्यको विरोधमा जिल्ला हलिया मुक्ति समाजका निर्वतमान अध्यक्ष तुलाराम सार्कीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई मन्त्रालयमै पुगि ध्यानाकषर्ण पत्र पेश गरिको थियो ।
‘डडेल्धुरा जिल्ला सहित ७ पहाडी जिल्लामा तथ्याङक संकलनको काम भईरहेको अनियमीतता अबिलम्ब बन्द गरी आफ्नो दिएको पत्रको प्रष्टता, तथा छुट मुक्ति हलिया कञ्चनपुरलाई आवश्यक कारबाही गरि, गरिब जनालाई घर जग्गा दिने लोपमा लिइएको रकम सम्बन्धी व्यक्तिलाई फिर्ता गर्ने माग गर्दैछौ।’ साथै मुक्ति हलिायसंगका जे जस्तो कार्यक्रम डडेल्धुरा जिल्लामा सञ्चालन गरेपनि जिल्ला हलिया मुक्ति समाजसंगको सहकार्यमा गर्न समेत अनुरोध छ । ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।