बझाङ – जिल्लामा नवनिर्वाचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नगर/गाउँ संगठन कमिटीका पदाधिकारीहरुले सपथ लिएका छन । विहिबार एक कार्यक्रमका बिच जिल्लाका २ ओटा नगरपालिका र १० ओटा गाँउपालिकाका नगर/गाउँ संगठन कमिटीका पदाधिकारीहरुले सपथ लिएका हुन ।
एक कार्यक्रमका बिच नगर/गाउँ संगठन कमिटीका पदाधिकारीहरुलाई नेकपाका सुदुरपश्चिम सह इञ्चार्ज तथा पुर्व वन तथा भु—सँरक्षण मन्त्री भानुभक्त जोशी, प्रतिनिधी सभा सदस्य भैरव बहादुर सिंहले सपथ ग्रहण गराएका हुन ।
सपथ ग्रहण कार्यक्रममा जयपृथ्वी नगरपालिकाका अध्यक्ष केशव रोकाया र सचिव देवराज जोशी, बुङ्गल नगरपालिकाका अध्यक्ष हेमन्तराज जोशी र सचिव मान बहादुर बिष्ट, बित्थडचिर गाउँपालिकाका अध्यक्ष निराजन बोहरा र सचिव रघुनाथ जोशी, केदारस्यु गाउँपालिकाका अध्यक्ष जिवन भण्डारी र सचिव कटक बिक, मष्टा गाउँपालिकाका अध्यक्ष धर्मराज बोहरा र सचिव सुरेन्द्रराज जोशीले सपथ लिएका छन ।
त्यस्तै सुर्मा गाउँपालिकाका अध्यक्ष दिलीप कुमार र बोहरा सचिव ललीत कुमार बोहरा, तल्कोट गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्ट र सचिव नन्दराज जोशी , थलारा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र र बिष्ट सचिव प्रकाश भण्डारी, खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष ज्योती बोगटी र सचिव ईश्वर रोकायाले सपथ लिएका हुन ।
त्यस्तै दुर्गाथली गाउँपालिकाका अध्यक्ष देवेन्द्र रावल र सचिव दिपकराज सोति, साईपाल गाउँपालिकाका अध्यक्ष शेरबहादुर बोहरा र सचिव घुरन बोहरा, छबिस पाथिभेरा गाउँपालिकाका अध्यक्ष पदम मण्डेल र सचिव रामप्रसाद भट्ट लगाएत वडा सदस्यहरुले पनि सपथ लिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका मिन बहादुर कुवर बिस्वासले जानकारी दिए ।
सपथ ग्रहण कार्यक्रमा प्रतिनिधी सभा सदस्य सिंहले नगर कमिटी गाँउ कमिटी अध्यक्ष र सचिवहरुलाई ठुलो जिम्मेवारी आएको बताए । उनले गाँउ सहर नगरमा विकास निर्माण कार्यमा सबैलाई तन, मन लगाएर आ– आपm्नो गाँउमा सँङ्गठन बिस्तार र जनताको बिकासमा हातेमालो गर्न आग्रह गरे ।