अत्तरिया – कैलालीको अत्तरिया बजारमा अनुगमन गरिएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतको अद्यक्षतामा अत्तरिया बजारमा अनुगमन गरिएको हो ।
खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय धनगढी संगको सहकार्यमा गरिएको अनुगमनमा अत्तरिया बजारका किराना पसल, मिठाई पसल र होटलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा लेवल नलगाईएका खाद्यान्य पदार्थ, रङ हालेका खानेकुरा, गुणस्तरहिन खाद्यान्य पदार्थ फेला परेको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत दिपक कुवरले बताए ।
उनले अनुगमका क्रममा लेबल नभएको चाउमीन १४ किलोग्राम, गुणस्तरहिन फ्रुट जुस ९ लिटर , हाईड्रो राखेको जेरी ५ किलोग्राम, लेबल नभएको दालमोट नमकिन १ किलोग्राम, लेवल नभएको चेरी डेढ किलोग्राम र कोकोनट आधा किलोग्राम बरामद गरेको बताए । अनुगमनका क्रममा २९ ओटा पसलको अनुगमन गरिएको थियो ।
गोदावरी नगरपालिकाका प्रबक्ता शर्मानन्द भट्टले चाडपर्वलाई मद्यनजर गरी बजार अनुगमन गरिएको र यसलाई आगामी दिनमा निरन्तरता दिने बताए ।
अनुगमनमा गोदावरी नगरपालिकाका जनपतिनिधि, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय धनगढी कर्मचारी , पत्रकार लगायतको सहभागीता रहेको थियो ।