धनगडी- प्रा. डा. गोविन्द केसी चिकित्सा शिक्षा अभियन्ता आज कैलालीको धनगढी आइपुगेका छन् ।
उनि आज सोमबार साँझ ५ बजेदेखि २० औँ सत्याग्रह बस्न धनगढी आईपुगेका हुन् । डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई दुई साता भदौ २८ अल्टिमेटम दिएको छ ।
‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्न आस थियो । तर, सरकारको पक्षबाट कुनै प्रतिफल नआएकाले म सत्याग्रहका लागि धनगढी आए’ डा. केसीले भने, ।
‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा सत्याग्रहमा बस्छु।’उनले सुरक्षाको कारण स्थान भने तय नभएको बताएका छन् ।
डा. केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई बुझाइसक्नु भएको छ ।
मागहरु
- स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस् ।
- जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस् ।
- संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस् ।
- सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।
- स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस् ।
- देशभर दिगो स्वास्थ्य सेवा पु¥याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस् ।