धनगढी -लोकराज पाण्डे 'आगो' सुदुरपश्चिमका काँग्रेस युबा भित्रको चर्चित नाम हो । अझ कैलालीमा उनलाई चिन्ने धेरै नै छन । नाम अनुसार उनी प्राय राजनितिक- सामाजिक मुद्दामा 'आगो' नै हुन्छन् । उनि युबा अबस्था देखी नै काँग्रेसको राजनितीमा सकृय भए ।
२०५४ देखी लोकराज नेबिसंघमा आबद्ध भए । त्यो बेलाको बिधार्थी राजनितीमा लागेकाहरुले उनलाई सबैले चिन्छन् नै । उनी भित्र राजनितीको यती धेरै हुटहुटी छ कि उनले आफ्नो युबा अबस्था राजिनितामा लागेर रोग समेत पाले । अहिले उनि त्यो रोगको उपचार गर्न पटक पटक अस्पताल जाने गरेका छन् ।
अखण्ड सुदुरपश्चिमको आन्दोलनमा लोकराज पाण्डे 'आगो' ..
एक समय यस्तो थियो कि आन्दोलन गर्न आगो चाहिने । किनकी आगोले शुरु गरेको आन्दोलनमा युबा पुष्ताको सहभागिता ब्यापक हुन्छ भन्ने बुझाई नै थियो । उनि आन्दोलनको बेला सबै क्षेत्र युबा, राजनिततिक दल र मिडियामा छ्ट्टै संचार गर्न माहिर छन् जसको बलमा आन्दोलन ले अझै ब्यापक हुन्छ भन्ने उनको बुझाई रहेको छ ।
उनको राजनितिक भुगोल कैलाली क्षेत्र नम्बर ४ हो । जहाँ यसपटक उनले प्रदेश सांसदमा दाबी गरेका छन् । आगो नेपाली काँग्रेसको ११ औं महादिबेशनमा काँग्रेसको क्षेत्रिय सदस्य भए । काँग्रेसको १२ औं महादिबेशनमा उनी क्षेत्रिय सचिब पनि भए । १३ औं मा जिल्ला कोषाध्यक्षमा पराजित भए भने १४ औं अधिबेशनमा उप-सभापतीमा पराजित भए ।
उनी पार्टी भित्र निरन्तर नेतृत्वको रुपमा आफुलाई चिनाउन चाहान्छन् तर पनि जिल्ला नेतृत्वमा पुग्ने प्रयास अहिले सम्म सफल भएको छैन । उनको गृह पालिका गोदावरीमा लोकराजको युबाहरु सँगको सम्बन्ध राम्रो छ । काँग्रेस भित्रको एक युबाहरुको समुहको उनि नेतृत्व गर्दै आएका छन् ।
तर पार्टीले मुल जिम्मेवारी दिने राजकिय निकाय मेयर/ सांसदमा उनको नाम पर्दैन, किन होला त्यसो भन्ने जिज्ञासामा उनले भने - 'अब त्यसो नहोला अहिले मलाई जिल्ला सभापती देखी सबैको सहयोग छ । मैले मेरो युबा अबस्था काँग्रेसमा बिताएको छु , अहिले पनि बिरामी छु तर पनि लागेकै छु । यो पटक मलाई न्याय हुन्छ होला । नभए पनि म काँग्रेस जिताउने अभियानमा सकृय नै हुन्छु।'
उनि स्थानिय स्तरमा काँग्रेस भित्र आफु अनुकुलको टिम सजिलै बनाउन माहिर नै छन् । तर कतिपयले उनलाई अस्थिर भन्ने पनि गर्छन् । त्यसमा उनको जबाब छ - 'मैले गुट फेरेको होइन सभापती मेरो शेर बहादुर देउबा नै हुन । तर मैले ब्यक्तीका बिचार र नेतृत्वमा रहेका नेतालाई मन पराएको हो । हिजो मैले कुनै अर्कै नेतालाई मन पराउँथे भने अहिले गगन थापालाई मन पराउँछु । गगन थापाले प्रधानमन्त्री हुँदा देशले गती लिन्छ ।' उनले थप भने - 'मलाई जसले टिकट दियो उही मेरो नेता हो, पार्टी सभापती देउबाले मलाई टिकट दिनेमा विश्वस्त छु ।'
गेटा मेडिकल कलेज सन्चालनार्थ संघर्ष समितीको अगुवाई गर्दै 'आगो'..
संबिधान निर्माणको बेला अखण्ड सुदुरपश्चिमको आन्दोलनमा युबाहरु परिचालनमा पनि उनले महत्वपुर्ण अगुवाई गरेका थिए । त्यस्तै गेटामा निर्माणाधिन मेडिकल कलेज छिटो सुचारु हुनुपर्छ भनेर गठित संघर्ष समितीका त उनि आँफै संयोजक नै थिए ।
प्राय सामाजिक मुद्दा उठाउन पर्यो भने उनि पार्टीलाई सोध्ने गर्दैनन् । आफ्नै तरिकाले युबाहरुलाई संयोजन गरेर आन्दोलनको शुरुवात गर्ने गर्दछन । तर उनले उठान गरेका मुद्दा र अगुवाई गरेका आन्दोलनहरु निर्णायक चरणमा पुग्ने बेला नेता भने अरु नै भएर जस पाउने तर आगो लाई नेतृत्वमा स्थापित हुन नदिने गरेको उनका केही समर्थकहरुको बुझाई रहेको छ।
उनका अनुसार काँग्रेस कै राजनितीमा लागेर उनि चार पटक जेल परिसकेका छन् । यस्तै देशका धेरै जिल्लामा आफ्नो राजनितिक अभियान लगेर गएको उनको दाबी छ । अहिले पार्टीको नेतृत्वमा युबा नेताहरुको बाक्लो जमात भएर पनि आफु टिकट पाउनेमा उनि आशाबादी देखिएका छन् ।
'२०७४ मा मेयरमा मेरो दाबी थियो मैले पाएन, ७४ मै प्रदेसमा मेरो दाबी थियो, मलाई टिकट दिइएन तर यो पटक आशाबादी छु,' पाण्डेले भने,' पार्टीका नेताहरु विश्वप्रकास, गगन थापा, बद्री पाण्डेहरुले मलाई चिन्नु भएको छ, त्यसैले उँहाहरु पनि युबा पुष्ताको प्रतिनिधी हो उँहाहरुले बुझ्नु हुन्छ होला ।'
टिकट पाए पनि नपाएपनी आफुले सामाजिक मुद्दा भने सदैब उठान गरिरहने उनको जिकिर छ । अन्त्यमा हामीले सोध्यौं- आगो काँग्रेसलाई सडकमा चाहिने सदनमा नचाहिने हो ? उनको जबाब थियो- 'हो गम्भिर प्रश्न हो । सडकमा मात्रै होइन आर्यघाटमा नि मेरो खोजी हुन्छ । तय्सैले यो तमाम युबाहरुको पनि प्रश्न हो अब काँग्रेस यो प्रश्नबाट जोगिनु पर्दछ।'
गोदावरी न्युजका लागी गोबिन्द रोस्यारा सँग कुराकानीमा आधारित...