अत्तरिया -आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्बाचनको लागी नेपाली काँग्रेस भित्र कैलाली -४ मा टिकटको लागी सकस भएको छ । क्षेत्रिय समितीले दाबी गर्ने उम्मेदवारको नाम जिल्लामा पठाएको थियो । जिल्लाले पनि सबैका नाम माथिल्लो कमिटीलाई पठाएको छ ।
मुख्यतय काँग्रेस भित्र ३ नेताको लबिङ शुरु भएको छ । काँग्रेस नेता सुनिलकुमार भण्डारी, डा लक्ष्मीराज पाठक र केन्द्रिय सदस्य नैन सिं महरले मध्य एक जनाले टिकट पाउने काँग्रेस स्रोतले बताएको छ । भण्डारी २०७४ को निर्बाचनमा तत्कालिन माओबादीका उम्मेदवार हाल एमालेका केन्द्रिय सचिब लेखराज भट्ट संग पराजित भएका थिए ।
अहिले उनलाई मुख्य दाबेदारको रुपमा लिइएको छ । भण्डारीको क्षेत्र नम्बर ५ मा पनि प्रभाब राख्ने नेता हुन । क्षेत्र नम्बर ५ मा डा . आरजु देउबाको एकल नाम सिफारिस भएको छ । भण्डारीले टिकट पाए ५ मा आरजुलाई पनि फाइदा पुग्ने भएकाले उनलाई टिकट दिनुपर्ने सभापती देउबालाई दबाब हुन सक्ने कतिपय को बुझाई रहेको छ ।
यदपी महरको चर्चा पनि उत्तिकै रहेको छ । महर डडेल्धुराका नेता भएपनी उनलाई गोदावरी कै केही काँग्रेसका नेताहरुले उम्मेदवारको रुपमा अगाडी सारेका हुन । उनी काँग्रेस सभापती शेर बहादुर देउबा निकट नेता हुन । यस्तै अर्का नेता पाठकले पनि उम्मेदवारीको लबिङ गरिरहेका छन । पाठक पनि बिगत लामो समय देखी सभापती निकट नेताका रुपमा परिचित छन ।
उम्मेदवारको बिषयलाई नै लिएर स्थानिय काँग्रेसका नेता कार्यकर्ताहरुमा बिभाजित भएका छ्न । उनिहरुले सामाजिक सन्जालमा नै भुगोल बाहिरका नेताहरु टिकट दिए स्विकार गर्न नसकिने बताउन थालेका छन । यदपी गठबन्धन भए कैलाली -४ कुन पार्टीको भागमा पर्ने अझै अनिश्चित नै छ । निर्बाचन क्षेत्र ४ र ५ मा काँग्रेसको बलियो संगठन भएको क्षेत्र हो ।
दुबै क्षेत्रमा कांग्रेसको बलियो दाबी रहेको छ । उता नेकपा एकीकृत समाजवादीले पनि यस क्षेत्रमा दाबी गर्दै आएको छ । उसले प्रतिनिधी सभाको लागी समाजबादी सुदुरपश्चिमका मुख्य नेता प्रदेश सरकारका भौतिक पूर्बाधार मन्त्री दिर्घ बहादुर सोडारीको नाम सिफारिस गरेको छ । यो निर्बाचन क्षेत्रमा गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका,चुरे गाउँपालिका र महोन्यालको एक वडा पर्दछ ।