वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन्। एक विघा जग्गामा लगाएको धानबाली जङ्गली हात्तीले भित्र्याउन नदिने गरेको चौधरीले बताए। “हिउँद्मा सुँगुरले खेतबारीमा बसेर गहुँबालीमा क्षति पुर्याउँछ”, उनले भने, “वर्षात्का बेला हात्तीको बथानले खेतमा रोपेको धान सखाप पार्छ।’’ पहिला वर्षभरि पुग्ने अन्नले अहिले दुई महिना पनि खान नपुग्ने गरेको उनको गुनासो छ।