अत्तरीया- कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमीक बिद्यालयमा मा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईएको छ ।
दिवसको अवसरमा सामुदायक सिकाई केन्द्र अत्तरीयाले दुगालक्ष्मी नमुना मा.बी मा हाजिर जवाफ प्रतियोगीता संञ्चालन गरी दिवस मनाएको हो ।
निम्न माध्यमीक बिद्यालय स्तरको हाजीर जवाफ प्रतियोगीता सञ्चालन गरिइएको हो । कार्यक्रम सामुदायक सिकाई केन्द्रका अध्यक्ष टिकादत्त जोशीको अध्यक्षतामा भएको हो । प्रमुख अथिती गोदावरी नगरपालीका १ का वडा अध्यक्ष गोपालदत्त भट्ट रहनुभएको थियो ।
त्यस्तै गोमा ढकालले कार्यक्रम संञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सामुदायक सिकाई केन्द्रका वरिष्ट सदस्य भिम बा. बलायरले गरेका थियो । कार्यक्रममा गोदावरी नगर शिक्षा शाखाबाट प्रायाग राज जोशी, गोदावरी ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा नगरपालीका भित्रका ८ विद्यालयहरुको सहभागीता रहेको थियो । जसमा दुर्गालक्ष्मी मा.बी अत्तरीया, गुह्येश्व्वरी मा.बी वसन्तपुर, लक्ष्मी मा.बी वुढितोला, घण्टेश्वरु मा.बी अत्तरीया, सरस्वती मा.बी गेटा, हुर्गा मा.बी हाटखोली, कृष्ण आधारभुत बिद्यालय तेघरी र सिद्बाबा मा.बी गेटी प्रतिसप्रर्धा रहेका थियो ।
उक्त प्रतियोगीतामा दुर्गालक्ष्मी नमुना मा.बी बाट ईश्वरी सिंह र पारस रावल समुह प्रथम भएका छन् । दोस्रोमा दुर्गा मा.बी हाटखोलीबाट ललीता क्षेडाल र जहरी साउँद, तेस्रोमा सिद्बाबा मा.बी गेटीबाट आयुसी पन्त र पवन पाण्डे र तेस्तै चौथोमा घण्टेश्वरु मा.बी अत्तरीयाबाट विवेक जोशी र स्मृती भण्डारी रहेका छन् । उनिहरुलाई नगद सहित सम्मान पत्र उपलब्ध गराइएको छ ।