काठमान्डौं- प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको तलब दिन विदेशबाट माग्नुपर्ने भइसकेको जनाएका छन् ।
देशको आम्दानी नभएको अवस्थामा पनि कर्मचारीबाट काम हुन नसकेको भन्दै उनले आक्रोश पोखेका छन् ।
बुधवार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो जनाएका हुन् । उनले देश किन विकसित हुन नसकेको भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको जानकारी दिए ।
उनले ब्यूरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि नबढ्ने स्पष्ट पारेका छन् । जनताको सेवा गर्ने पहिलो माध्यम त ब्यूरोक्रेसी हो । तर उसले काम गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ, फर्किहाल्छ ।
कर्मचारीको सहयोग नभईकन देश अघि बढ्दैन उनले भने ।’ उनले देशको दुर्गति हुनुको जिम्मेवारी राजनीतिक दल मात्रै हुन् कि ब्यूरोक्रेसी पनि हो ? यस विषयमा व्यापक छलफल गर्नुपर्नेमा बिशेक्ष जोड दिए ।
उनले भने, ‘राजनीतिक दलहरू ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । बाटो बन्द हुन्छ । साइन गर्छ फर्किहाल्छ । बस्दै बस्दैनन्। कर्मचारी त त्यसरी जाँदैनन् ।’ उनले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताए ।
प्रधानमन्त्री देउवाले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेका वेला समेत देश विकास हुन नसकेको गुनासो गर े। उनले भने, ‘तपाईंहरू स्थायी सरकार हो ।
स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ । जनताले भोटले पत्याए हो, नत्र त हामी गइहाल्छौँ नि ।
त्यही भएर तपाईंहरू काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ।’ उनले भने ।