धनगढी – कैलालीको गौरिफन्टा नाकामा हेल्प डेस्क स्थापना पनि यात्रुहरुले आवतजावत गर्न सहज भएको बताएका छन । आउँदै गरेको दशै, तिहारमा भारतका बिभिन्न शहरहरुमा काम गरेर नेपाल फर्कने र नेपालबाट भारत तर्फ जाने यात्रुहरुको सहजताका लागि सीमामा संयुक्त हेल्पडेक्सको स्थापना गरिएपछि दुवै तर्फका यात्रुहरुलाई आवतजावतमा सहजता भएको हो ।
भारतबाट नेपाल फकर्ने यात्रुहरुले पहिलेको तुलनामा नाकामा यात्रा गर्न सहज भएको बताएका छन । भारतबाट फर्किएका गोदावरी नगरपालिका १ अत्तरियाका भिम दत्त ओझाले सीमामा एसएसपीले कुनै दुःख नदिएको बताए ।
भारतको दिल्लीबाट दशै मनाउन घर फर्केका अछामका बिशाल स्वारले सीमामा पहिले भन्दा अहिले सहज महशुस गरेको बताए । उनले पहिले एसएसपीले धेरै सोधपुछ गर्ने केरकार गर्ने गरेको भएपनि अहिले भने त्यस्तो केहि नगरेको सामान्य सोधपुछ गरी पठाएको बताए ।

शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतका तर्फबाट सहभागी सीमा सुरक्षा बल (एसएसबी), भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने र सीमा नाकामा हेल्प डेस्क राख्ने सहमती भएको थियो ।
हेल्प डेस्क नेपाल भारत सीमाको सीमास्तम्भ भन्दा भारत पट्टिको क्षेत्रमा राखिएको छ ।

जसमा नेपाल प्रहरी , ससस्त्र प्रहरी र भारती सीमा सुरक्षा बलका सुरक्षा कर्मचारी सयुक्त रुपमा बस्ने गरेका छ । हेल्प डेस्कमा खटिएका नेपाल प्रहरीका कर्ण बहादुर भण्डारीले अहिले हेल्प डेस्कमा दैनिक १०/१२ जनाले आफ्नो समस्या लिएर आउने गरेको बताए । उनले हेल्प डेस्कको स्थापनाले यात्रुहरुले लिएर आउने गरेका समस्याका विषयमा भारतीय एसएसपी संग सहजिकरण गर्न सहज भएको बताए ।
भारतको सीमामा हुने एसएसपीको ज्याजती कम भएपनी भारतका बिभिन्न सहरबाट गौरीफन्टा नाका भएर आउने यात्रुहरु बसमा लुटीने क्रम भने रोकिएको छैन ।