अछाम - आगामि मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले अछामले उम्मेदवारको नाम सिफारिस गरेको छ।
क्षेत्र नम्बर १ बाट संघिय निर्बाचनको लागी डा.भिम रावल को नाम एक एकल सिफारिस भएको छ । यस्तै क्षेत्र नम्बर २ बाट संघको लागी वर्तमान सांसद यज्ञबहादुर बोगटीको नाम एकल सिफारिस भएको छ ।
प्रदेश सभाका लागि अछामको निर्वाचन क्षेत्र नम्बर १ को क र ख बाट ४/४ जनाको नाम संकलन गरीएको छ।
निर्वाचन क्षेत्र नम्बर १ को क बाट प्रकाश शाह, देव बहादुर कुँवर, देव बहादुर साउँद र सीता कुँवरको नाम सिफारिस गरीएको छ।
यस्तै अछाम निर्वाचन क्षेत्र नम्बर १ को ख बाट कृष्ण प्रसाद जैशी, केशर बहादुर साउँद, डिबि साउँद र पद्मा तिमिल्सिना न्यौपाने नाम सिफारिस गरीएको छ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ को क बाट ७ जना र ख बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ।
निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ बम बहादुर बिसी, भिम बहादुर बिष्ट, कमल रावल, बल बहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरीएको जनाईएको छ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ को ख बाट शिव प्रसाद उपाध्याय, चन्द्र बोहरा, भिम रावल कालोटोपी, दिपक अधिकारी, भिम जनला, कृष्ण साउँद, लिलाराज केसी र टोप बहादुर शाहीको नाम सिफारिस गरीएको नेकपा एमाले जिल्ला कमिटी सचिव भिम बहादुर रावलले बताए ।