अत्तरिया - कैलाली -४ प्रदेश 'ख' बाट प्रत्यक्ष उम्मेदार बन्न दाबी पेश गरेका टिकादत्त जोशी यो पटक भने टिकट पाउने आशामा छन् । उम्मेदवार बनाउने हकमा पार्टीले जहिले पनि आफुलाई अन्तिम समयमा धोका दिने गरेको उनको गुनासो रहेको छ। यो पटक पनि त्यस्तै हुन्छ त ? भन्ने गोदावरी न्युजको प्रश्नमा उनले भने - 'अब त्यस्तो नहोला यो पटक पार्टीले उम्मेदवार बनाउँछ।'
जोशी कांग्रेस सँग जोडीएका १९७४ देखी भारतबाट हुन । जन संपर्क समिती मार्फत उनले आफुलाई कांग्रेस सँग जोडेका हुन । गोदावरी -४ मा बसोबास रहेका जोशी उमेर ले ६६ बर्ष का हुँंन । २०३६ साल देखी कांग्रेस को गतिबिधीमा निरन्तर काम गर्दै आएका छन । उनको सार्बजनिक पदमा भने उपस्थिती बलियो नै छ । अत्तरिया खानेपानी संस्थाको दुई कार्यकाल देखी उनी नेत्रित्वमा रहेका छन । किसान संघको जिल्ला अध्यक्षमा पनि उनी ५ बर्ष देखी अध्यक्ष नै छन । तर पनि पार्टीले टिकट दिएर अहिले सम्म कुनै पद उनले पाएका छैनन ।
'अरु पदमा खासै मैले नि चासो देखाएन पहिले पहिले वडा अध्यक्ष गाबिस अध्यक्ष बन्न सकिन्थ्यो होला तर त्यता रुची नै भएन,' जोशीले भने,' सांसद बन्ने सपना हो, २०७४ मा पनि मलाई नै टिकट दिन साथीहरुले लबिङ गरेका हुन तर अन्तिम समयमा आएर खोसियो ।'
टिकटको लागी नेताहरुको दैलो चाहार्ने बानी उनको छैन । उनी भन्छन - 'अहिले सम्म प्रदेस सभापतीलाई एक पटक फोन गरेको छु । सभापतीले बसेर सल्लाह गरौला भन्नु भएको छ ।' जोशी काठमान्डौ पनि टिकट माग्ने ध्ययले गएका छैनन । 'अहिले पनि धेरै साथीहरुले प्रदेशको सांसद बन्ने रुची राखेका छन। दिनमा १० पटक नेताहरुलाई फोन गर्छ्न होला तर मेरो त्यस्तो बानी छैन,' जोशीले भने ,'म अहिले पनि सामान्य जनताको संपर्कमा छु । जनता सँग जोडीएका काम गरीरहेको छ ।'
अत्तरियामा धेरै जसो मनिसहरुका प्रोपजल लेख्ने देखी निबेदन बनाउने सम्मका कार्य गर्नु परे जोशीको संपर्कमा स्थानियहरु जाने गर्दछन । अहिले चुनाव लडन धेरै पैसा नि चाहिने उनको बुझाई रहेको छ । तर उनी टिकट पाए आफुलाई जनताले नै आर्थिक सहयोग गर्नेमा विश्वास गर्दछन ।
उनले भने- 'म सँग चुनाव लडन पैसा छैन तर पनि मेरो विश्वास के हो भने टिकट पाए पैसा मलाई नागरिक ले नै दिनेछन । म कांग्रेसको समाजबादमा विश्वास गर्दछु। त्यसैले पैसालाई महत्व दिएर चुनावमा जानु पर्दछ भन्ने मेरो मान्यता छैन ।'
कांग्रेस पार्टीले टिकट दिने शैलीमा फेरबदल गर्नुपर्ने उनको बुझाई रहेको छ । 'पार्टी ठुलो छ , धेरै आँकाक्षी छन तर पनि हामी जस्ता सामान्य नेताहरुलाई पार्टीले टिकट दिनुपर्दछ, उनले भने।' तपाईं पार्टी भित्रको गुट फेरबदल गरिरह्नु हुन्छ त्यसैले पार्टीले टिकट नदिएको हो कि भन्ने जिज्ञासामा जोशीले भने - 'म कुनै गुटको होइन कांग्रेसको मान्छे हुँं । मलाई त्यसरी नै कांग्रेस भित्र बुझ्ने गर्दछन । कांग्रेसको लक्ष उदेश्य प्राप्तीमा म २०३६ साल देखी लागेको हुँं ।'
२०४६ सालमा लन्डनबाट अध्यन सकेर फर्किएका अहिलेका पार्टी सभापती शेर बहादुर देउबालाई अत्तरियामा पहिलो पटक स्वागत गर्ने आफु नै भएको जोशीको दाबी रहेको छ । उनले भने - 'सभापती देउबालाई त्यो बेला अत्तरिया चोकको अमर आएल नेर मैले र पदमराज जोशीले स्वागत गरेका हौँ । अहिले कांग्रेसमा लागेका कति नेता कार्यकर्ताहरु त्यो कुरो थाहा नै छैन होला ।'
उनको यो पटक देउबालाई भेटेर नै कुरा राख्ने योजना रहेको छ । देउबालाई भेटेर के भन्नु हुन्छ त भन्ने प्रश्नमा? उनले भने -'यो पटक मलाई न्याय गर्नुस ।' जोशीको दैनिक अत्तरिया सिएलसीको भबनमा बित्ने गरेको छ । सामान्य जिबन शैली भएका नेता जोशी यो पटक पार्टीले टिकट दिनेमा ढुक्क छन ।