अत्तरिया -नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरले कैलाली क्षेत्र नम्बर ४ बाट काँग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न निबेदन दिएका छन् । क्षेत्रिय समितीले इच्छुक उम्मेदवारलाई निबेदन दिन एक सार्बजनिक सुचना मार्फत नोटिस गरेको थियो ।
धेरैको अनुमान बिपरित महरको नाम सिफारिस भयो । महर निकट केहीले यस अघि पनि कैलाली ४ बाट महर लडने चर्चा चलाएका थिए । काँग्रेस कैलालीका एक नेताले भने - 'नैन सिं जि यता आउने त कुरो थिएन तर खै कसरी नाम आयो , यँहा नै निर्बाचनको लागी एक से एक नेता छन । बाहिरबाट यँहा ल्याउनु पर्ने कुनै आबश्यकता नै थिएन।'
गठबन्धन भए यो क्षेत्र काँग्रेसको भागमा परे यस क्षेत्रबाट यस अघि निर्बिकल्प रुपमा काँग्रेस नेता सुनिल कुमार भण्डारीलाई हेरिएको थियो । उनले आफ्नो प्रचार प्रसार पनि शुरु गरिसकेका छन् । केही दिन यता भण्डारी यस क्षेत्रका साथानिय नेता कार्यकर्ता सँग भेटघाटमा ब्यस्त रहेका छन् । तर महरको नाम पनि सिफारिस भएपछि यस क्षेत्रको काँग्रेसको राजनिती तरंगित भएको छ ।
उम्मेदवार बन्न स्वयम महर आफु भने उपस्थिती भएका थिएनन् । यो बिषयमा उनले खासै मुख पनि खोलेका पनि छैनन् । महर डडेलधुराको भागेश्वर गाउँपालिका-३ का स्थायी बासिन्दा हुन् ।डडेल्धुराबाट प्रधानमन्त्री शेर बहादुर देउबा नै चुनाव लडने भएपछि महरका समर्थकहरुले कैलाली ४ बाट उम्मेदवारी दिन सुझाब दिएका थिए। त्यसमा केही यस क्षेत्रका नेताहरु पनि रहेको चर्चा चलेको छ ।
काँग्रेसको स्थानिय कमिटीमा रहेका केही नेताहरुले महरलाई यो पटक नभएपनी भबिष्यको लागी यो क्षेत्र सुरक्षित राख्ने माहोल बनाउन पनि सिफारिस गरिएको चर्चा समेत चल्न थालेको छ । महर देउबा निकट नेताको रुपमा परिचित छन् ।
महर सहित यो क्षेत्रबाट सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकले संघिय चुनावको लागी निबेदन दिएका छन् ।