अत्तरिया - शारिरिक रुपमा अपाङगता भएका ब्यक्तिहरुको पक्षमा निरन्तर काम गर्दै परिलक्षित संस्था कैलालीले २०१९ मा गरेका प्रगति बिवरणहरु सार्वजनिक गरेको छ । संस्थाले फेल्म नेपालको सहयोगमा मंगलवार अत्तरियामा आयोजना गरेको अपाङगता शसक्तिकरण सम्बन्धि स्थानिय तहसंगको छलफल कार्यक्रममा २०१९ भित्र भएका गरेका प्रगति बिवरणहरु सार्वजनिक गरेको हो ।
प्रगतिहरु सार्वजनिक गर्दै परिलक्षित संस्था कैलालीका फिल्ड संयोजक प्रदिप रानाले एक बर्षको अबधिमा कैलालीमा थुप्रै कार्यक्रमहरु संचालन गरिएको बताए । उनले शारिरिक रुपमा अपाङगता भएका २४ जनालाई आयआर्जन मुलक सिपका लागि सहयोग , ३६ जनालाई बोटबिरुवाहरु बितरण , ४ वटा स्थानिय सरकारमा अपाङगता भएका ब्यक्तिका हक अधिकारका बारेमा लेखिएका साइनबोर्डहरु लगाइएको बताए ।
यस्तै ६ जना दृष्टिबिनहरुलाई कम्युटर ट्रेनिङ , ४ जनालाई बिभिन्न कार्यलयमा ओजेटिक लागि राखिएको , ६ बिधालय र ६ क्याम्पसमा अध्ययनरत १२ जनालाई प्रत्येक महिना छात्राबृति प्रदान , बिभिन्न समयमा बाखा्र पालन , बंगुरपालन , अपाङगता परिचय पत्र बितरणमा सहजिकरण , अन्तरकृया कार्यक्रमहरु , बैठकहरु र शुझाव संकलन गर्ने कामहरु संचालन गरिएको फिल्ड संयोजक रानाले बताए ।
उनले अझै पनि बिभिन्न कार्यक्रमहरु बाकि रहेकाले केहि दिन पछि गर्ने तयारीमा रहेको बताए । परिलक्षित संस्थाका कार्यक्रम संयोजक रामदेव चौधरीको सभापतित्वमा सम्पन्न भएका उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको थियो । बिशिष्ट अतिथीमा गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले बिभिन्न पिडा र दुखमा बाचिरहेका शारिरिक रुपमा अपाङगता भएका ब्यक्तिहरुको पक्षमा परिलक्षित संस्था कैलालीले गरेका काम निकै प्रशंसायोग्य रहेको बताए । उनले संस्थाले संचालन गरेका कार्यक्रमहरु राम्रो रहेकाले अपाङगता भएकाहरुको क्षेत्रमा एक्लै संस्थाले मात्र नभई सबै सरोकारवालाहरुले आ आफ्नो ठाउवाट सहयोग गर्नुपर्ने धारणा राखे ।
कार्यक्रम गरेर मात्र नभई गरेका कामहरु उपलब्धि पुर्ण हुनुपर्ने बताउदै नगरप्रमुख साउदले यसमा आफु पनि सदैब सकारात्मक रहेको र नगरपालिकावाट गर्न सकिने सहयोग गर्दै जाने बताए । परिलक्षित संस्था कैलालीकी सामाजिक परिचालक पुष्पा रोकायाले सरकारले अपाङगता भएकाहरुको क्षेत्रमा कागजमा थुप्रै सेवा सुबिधाहरु राखेको भएपनि समस्या भने जस्ताका त्यस्तै रहेको बताइन् । आफुहरुले पाउनुपर्ने हक अधिकारहरु सहज रुपमा नपाउदा शारिरिक रुपमा अपाङगता भएका ब्यक्तिहरुले अझै पनि समाजमा अपमानित भएर बाच्नुपर्ने बाध्यता रहेको बताइन् । सरकारले एउटा कुरा भन्ने र गर्ने बेला अर्को गर्ने भन्दै उनले दुख ब्यक्ति गरिन् ।
देशमा अहिले तिन तहको सरकार रहेको बताउदै उनले यस्तो बाध्यताको अन्त्य गर्न तिनै सरकारले आ आफ्ना निति तथा कार्यक्रमहरुमा अपाङगता भएका ब्यक्तिहरुलाई समेटिनुपर्ने बताइन् ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं ८ का वडाअध्यक्ष नरेश बहादुर अधिकारी र वडा नं ११ का वडा अध्यक्ष शिव विक सहित गोदावरी नगरपालिकाको स्वास्थ्य शाखा , पशु शाखा र महिला शाखाका प्रमुखहरुको उपश्तिथी रहेको थियो । कार्यक्रमको संचालन परिलक्षित संस्था कैलालीकी समाजिक परिचालक पुष्पा रोकायाले गरेकी थिइन् ।