कञ्चनपुर - राष्ट्रिय भूमि आयोगले कञ्चनपुर जिल्लाका विभिन्न पालिकामा डेढ हजार हेक्टर जमिन नापी गरेको छ । जिल्लाको ९ वटै स्थानीय तहसँग सम्झौता गरी ४ वटा स्थानीय तहमा नापीको काम भइरहेको हो । उक्त पालिकाहरूमा डेढ हजार हेक्टर जमिन नापी भएको आयोगले जनाएको छ ।
दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी नगरपालिकामा नापीको काम भइरहेको छ ।उक्त पालिकाहरूमा डेढ हजार हेक्टर जमिन नापी भएको आयोगले जनाएको छ ।
दोधारा चाँदनीमा १३६ कित्ता, शुक्लाफाँटामा ३१४, कृष्णपुरमा ३२१, र बेलौरीमा २२५ कित्ता नापी भएको राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुंगानाले बताए । आयोगका अनुसार जिल्लाभरिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीका ६९ हजार ५७५ निवेदन दर्ता भएका छन् । भूमिहीन दलितका २२९८, भूमिहीन सुकुम्बासीका २७३७ र अव्यवस्थित बसोबासीका ६४५४० निवेदन दर्ता भएका छन् ।
११ हजार ९५९ कित्तामा १ हजार २३४ हेक्टर जमिन नापी भएको आयोगका कञ्चनपुर अध्यक्ष ढुंगानाले बताए । उनका अनुसार वडा नं. ९ मा केही विवाद रहेका कारण नापीको काम रोकिएको छ ।
जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबास र सुकुम्बासीका निवेदन कृष्णपुर नगरपालिकामा दर्ता भएका छन् । यहाँ अव्यवस्थित बसोबासका १५ हजार १३५ र भूमिहीन दलितका ६१ तथा भूमिहीन सुकुम्बासीका १३५ निवेदन दर्ता भएका छन् । शुक्लाफाँटामा अव्यवस्थित बसोबासीका ११ हजार ४८९, भूमिहीन दलितका १९२ र भूमिहीन सुकुम्बासीका १५४ निवेदन दर्ता भएका छन् ।
बेलडाडी र लालझाडी गाउँपालिकामा नापीको काम सुरु हुने तयारीमा छन् ।नापीको काम सुरु भएका अन्य पालिकामा पनि छिट्टै नापी सुरु हुने अध्यक्ष ढुंगानाले बताए ।