अत्तरिया – कैलालीको गोदावरी नगरपालिका १ अत्तरियामा रहेको सुरक्षा सामुदायिक वनका महिलाहरु सामुहिक जडीबुटी खेतीमा जुटेका छन । १५ जनाको समूह बनाएर महिलाहरुले बिभिन्न प्रकारका जडीबुटी खेती र जडीबुटीको नर्सरी उत्पादन गर्दै आईरहेका हुन ।
महिलाहरुले करिव १ बिगा जग्गामा सामुहिक रुपमा कुरीलो, सर्पगन्धा , मेन्था , क्यामोमाईलको खेती गर्दै आएका छन भने जडीबुटीको नर्सरीमा महिलाहरुले कुरीलो , सर्पगन्धा , रक्तचन्दन लगायतका जडीबुटीका बिरुवा उत्पादन गर्दै आएका छन ।
सुरक्षा महिला सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले सामुदायिक वनका उपभोक्ता मद्ये १५ जनाको समुह बनाई सामुहिक जडीबुटी खेतीमा लागेको बताईन । उनले बिगत ३ बर्षदेखि सामुदायिक वन क्षेत्रमा जडीबुटी खेती गर्दै आएको बताईन । ‘महिला मात्रै सहभागी भएको वनबाट महिलाहरु घाँस दाउरामा मात्रै सिमित नभई अतिरिक्त आम्दानी गर्नको लागि वनमा जडीबुटी खेती बिस्तार गरेका है ।’ अध्यक्ष भण्डारीले भनीन् – ‘तत्कालै जडीबुटी बाट त्यती धेरै आम्दानी नभए पनि भबिस्यमा यसले राम्रो आम्दानी दिने आशामा काम गरिरहेका छै ।’

हाईटेक नर्सरीमा जडीबुटीका बिरुवा उत्पादन

सामुहिक रुपमा जडीबुटी खेती गरेका महिलाहरुले बिगत २ बर्ष देखि जडीबुटी खेती संगै आधुनिक तरिकाबाट जडीबुटीका बिरुवा समेत उत्पादन गर्दै आएका छन । वातावरण अनुकुल संचालन गर्न सकिने हाईटेक नर्सरीमा महिलाहरुले कुरीलो, सर्पगन्धा, लगायतका बिरुवा उत्पादन गर्दै आएका छन ।
२ बर्ष देखि कुरीलो नर्सरी उत्पादन गर्दै आईरहेका महिलाहरुले गत बर्ष ५० हजार कुरीलोको बिरुवा उत्पादन गरेको सुरक्षा महिला सामुदायीक वनकी उपाध्यक्ष इ्रन्द्रा बोहराले बताईन । उनले गत बर्ष प्रति विरुवा ८ रुपैयाँका दरले बिक्री गरेको बताईन । सुरक्षा नर्सरीकी सह–व्यवस्थापक समेत रहेकी बोहराले गत बर्ष कुरीलोको बिरुवा उत्पादन , क्यामोमाईल खेती ,मेन्था खेती गरेर साढे चार लाख सम्म आम्दानी गर्न सफल भएको बताईन ।
उनले यस बर्ष हाईटेग ग्रीन हाउस र सेड हाउसमा कुरीलोको बर्ना तयार पारेको बताईन । ‘ फागुन महिनामा राखेको नर्सरीमा अहिले कुरीलोको बेर्ना तयार भएका छन ।’ बोहराले भनीन – ‘यस बर्ष गत बर्ष भन्दा पनि बढी कुरीलोको बिरुवा तयार भएका छन ।’ उनले नर्सरीमा उत्पादन भएका अन्य बिरुवा आफूहरुले रोपिसकेको भएपनि कुरीलो भने रोप्ने ठाउँ नभएकाले बिरुवा नै बिक्रि गर्ने योजना रहेको बताईन ।
हाईटेक नर्सरीमा वातावरण अनुकुल बिभिन्न किसिमका जडीबुटीका बिरुवा उत्पादन गरिरहेका महिलाहरुले खुला ठाउँमा नर्सरी राख्नु भन्दा राम्रो उत्पादन गर्ने गरेका छन । हाईटक नर्सरीमा स्वचालित तरिकाले तापक्रम नियन्त्रण गर्न सकिने रोग किराको पनि जोखिम कम हुने उपाध्यक्ष बोहराले बताईन ।
बिरुवा बिक्री नहुँदा चिन्तीत
नर्सरीमा उत्पादन गरिएको कुरीलो गत बर्ष ३ महिनामै बिक्री भएको भएपनि यस बर्ष भने ७ महिना पुगिसक्दा समेत बिरुवा बिक्रि नहुँदा सामुहिक खेती गरिरहेका महिलाहरु चिन्तित भएका छ । नर्सरी नाईक भागरथी ठगुन्नाले हाईटेक नर्सरीमा नर्सरी उत्पादन गर्दा लगानी बढी पर्ने भएपनि बिरुवा बिक्रिका ढिलाई हुँदा आफूहरु चिन्तित भएको बताईन ।
‘राज्यले जडीबुटीको विकासमा करोडौ लगानी गरेको सुन्ने गरेका छै तर हामीहरुले यसरी मिहेनत गरेर उत्पादन गरेको बिरुवा पनि बिक्रि हुन सकेको छैन ।’ नर्सरी नाईक भागरथी ठगुन्नाले भनीन् – ‘हामीहरु सामुहिक जडीबुटी खेतीमा लागेको भएपनि केही संघसस्थाले सहयोग गरेपनि राज्यबाट भने खासै सहयोग पाउन सकेका छैनउ ।’
कुरीलोको बिरुवा बर्ष सम्म नर्सरीमा राख्दा पनि झनै राम्रो हुने भए पनि बिक्री हुने हो वा होईन भन्ने चिन्ता लाग्ने गरेको नर्सरी नाईके ठगुन्नाले बताईन् ।
.jpg)
जडीबुटी बाटै समृद्धीको सपना
१५ जना महिलाहरुको समूहका रहेका उनीहरु प्रतेक दिन पालो पालो गरी नर्सरी र जडीबुटी खेतीको अवलोकन गर्ने गरेका छन । समूहका सबै सदस्य निकै जोश जागरका साथ बिगत ३ बर्ष देखि जडीबुटीको खेतीमा लागेका छन ।
जडीबुटी खेतीमा लागिरहेका महिलाहरुले जडीबुटी क्षेत्रको विकास गर्न सके सुदूरपश्चिम प्रदेश नै समृद्ध हुन सक्ने भएकाले नमुनाको रुपमा आफूहरु पनि त्यसै अभियानमा लागेको बताउने गरेका छन । शुरक्षा सामुदायीक वनकी अध्यक्ष एवम नर्सरी व्यवस्थापक लक्ष्मी भण्डारीले सुदूरपश्चिम प्रदेशमै आफूहरुले फरक तरिकाले जडीबुटी खेतीमा लागेकोले आफूहरु सफल हुनेमा आशाबादि रहेको बताईन ।
बिभिन्न चुनौति भएपनि आफूहरुले जडीबुटी क्षेत्रमा निरन्तर लागिरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने अध्यक्ष भण्डारीले बताईन ।
उनले आफूहरुले जडीबुटी क्षेत्रमा लामो समयदेखि काम गरिहरको भएपनि राज्यबाट भने खासै सहयोग पाउन नसकेका बताईन । उनले जडीबुटीको विकासका लागि करोडौ बजेट आउने गरेका भएपनि वास्तबिक काम गर्ने क्षेत्रमा नपुग्दा समस्या भएको बताईन ।
सुरक्षा महिला सामुदायीक वनमा २ बर्ष अगाडी जडीबुटी बिरुवा उत्पादन गर्न ईनमेप्स परियोजना अन्तरगत नेपाल जडीबुटी व्यवसायी संघ कैलाली शाखाले ९ लाखको लागतमा हाईटेक ग्रीन हाउस र ५ लाखको लागतमा सेड हाउस निर्माण गरेको थियो ।