धनगढी – आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले पत्रकार मानव अधिकारको रक्षक भएको बताएका छन । धनगढीमा मानव अधिकार र पत्रकारीता सम्बन्धि ३ दिने तालिमको समापन कार्यक्रममा बोल्दै मन्त्री शाहले मानव अधिकार रक्षाका लागि पत्रकारको भुमिका अहम रहेको बताएका हुन ।
उनले मानव अधिकारकर्मि, प्रहरी , बिभिन्न मानवअधिकार संग सम्बन्धित संघ सस्था जस्तै पत्रकारको भुमिका पनि मानव अधिकार रक्षाका लागि अहम भएको बताए ।
‘मानव अधिकारको रक्षक मानव अधिकारको अग्रज योद्धा भने पनि पत्रकार , संचारकर्मि हुन ।’ मन्त्री शाहले भने –‘मानव अधिकारको संरक्षण र विकासमा आफ्नो कलम चलाउन पत्रकारहरुले आवश्यक छ ।’ उनले सुदूरपश्चिम प्रदेश सरकार पत्रकारहरुको अधिकार रक्षाका लागि सधै प्रतिबद्ध रहेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र मानव अधिकार पत्रकार संघको संयोजनमा भएको तालिममा सुदूरपश्चिम प्रदेशका २७ जना पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई प्रशिक्षण राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक डा. टिकाराम पोखरेल , उपनिर्देशक हरि प्रसाद ज्ञवाली , मानव अधिकार पत्रकार संघका अध्यक्ष एवम कान्तिपुर पत्रिकाका सह सम्पादक घनश्याम खड्का , नेपाल बार एसोसिएशनका पुर्व उपाध्यक्ष जहरी चौधरी , सुदूरपश्चिम पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहले गरेका थिए । तालिममा सहभागिहरलाई मन्त्री शाह र आयोगका सदस्य पौड्यालले प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रममा मन्त्री शाह र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्दशर्मा पौड्यालले राष्ट्रिय मानव अधिकार आयोग शुदूरपश्चिम प्रदेशको बार्षिक गतिविधि पुस्तकको सयुक्त रुपमा बिमोचन गरेका थिए ।