अत्तरिया - कैलालीको गोदावरी नगरपालीका–२ तेघरीमा रहेको गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा दोस्रो संस्करणको सुदुर गारमेन्ट जिएसटी कप फुटबल प्रतियोगीता आजदेखी सुरु भएको छ । प्रतियोगीताको एक कार्यक्रमका बिच गोदावरी नगरपालीकाका नगरप्रमुख हरि सिँ साउँदले उद्घाटन गर्नुभएको हो ।
'राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद' भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगीतामा उद्धघाटन खेल आयोजक गौरीशंकर टोल सुधार संस्थाको टिम बि र स्मृति युवा क्लब बसन्तपुर बिच भएको थियो । उद्धघाटनको खेलमा आयोजक संस्थाको टिम बि लाई ५–२ गोलले पराजित गर्दै स्मृति युवा क्लब बसन्तपुर बिजयी भएको छ ।
निकै प्रतिस्पर्धात्म भएको पहिलो खेलमा हाफ अघि आयोजक संस्थाको टिम बिले २ गोल गरेको थियो । निकै दबाबमा रहेको स्मृति युवा क्लब बसन्तपुरले हाफ पछिको खेला भने आफ्नो राम्रो प्रदर्शन गर्दै निरन्तर रुपमा ५ गोल गर्दै विजयी बनेको प्रतियोगीता संयोजक लोकेन्द्र साउँदले जानकारी दिए । खेलको म्यान अफ द म्याच स्मृति युवा क्लब बसन्तपुरका खेलाडी योगेश भट्ट बने । म्यान अफ द म्याच हुदै उनले नगद ५ सय हात पारे । प्रतियोगिता अन्र्तगत मंगलबार बनदेवी युवा क्लब तेघरी र गोलादेवी युवा क्लब लालपुर बिच दिउसो २ बजे हुने प्रतियोगिताका सह संयोजक धर्मराज जोशीले जानकारी दिए ।
गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष पदमराज ओझाको सभापतित्वमा सुरु भएको प्रतियोगितमा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिं साउँद प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाका उप प्रमुख रत्ना कडायत बिशिष्ट अतिथी रहनु भएको थियो । अतिथीहरुमा गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशी , प्याब्सनका केन्द्रिय उपाध्यक्ष एबम् ज्ञान ज्योति सेकेण्डरी स्कुलका संस्थापक प्रन्सिपल जगबिर थापा , जनकल्याण सेकेण्डरी स्कुलका संस्थापक योगेन्द्र हमाल लगाएत रहनुभएको थियो । उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले मानिसहरुलाई स्वास्थ रहन खेलकुद अति आवश्यक रहेको बताए ।
उनले खेलकुदले स्वास्थलाई सधै फाइदा पुग्ने र आफ्नो गाँउ ठाँउको बिकासमा पनि टेवा पुग्ने भएकाले यस्ता प्रतियोगिताहरुलाई सबैले निरन्तरता दिनुपर्ने बताए । कार्यक्रमकी बिशिष्ट अतिथी उप प्रमुख रत्ना कडायतले स्थानिय स्तरमा आयोजना हुने खेलकुदका लागि नगरपालिको तर्फवाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताइन् । प्रतियोगितको मुख्य प्रायोजक सुदुर गारमेन्ट लालपुर रहेको छ । प्रतियोगितामा १५ वटा टिमको सहभागीता रहेको छ ।
नकाउट चरणका आधारमा खेलाईले खेलहरु गौरीशंकर टोलको आफ्नै खेल मैदानमा भैरहेको छ । प्रतियोगितामा बिजेता हुने टिमले नगद ३० हजार र उप बिजेताले नगद १५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ५ सय र अन्य बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले नगद ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन ।