अत्तरिया- कैलालीको अत्तरियामा रहेको गोदावरी एफएमका समाचार प्रमुख हेमराज भट्टले आफ्नो जन्मदिन आफ्नै टोलमा रहेका अतिविपन्न परिवारलाई सहयोग गरि मनएका छन् । जन्मदिनको अवसर पारेर पत्रकार भट्टले कैलालीको गोदावरी नगरपालीका–२ गौरीशंकर टोलमा एकदमै न्युन आयस्तर भएका ३ घर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन ।
उनले दैनिक ज्याला मजदुरी गरेर खाने , अति विपन्न ३ वटा स्थानिय परिवारलाई करिब ८ हजार बराबरका चामल, नुन, पिठो लगायतका खाद्यान्न सहयोग गरेका हुन । आईतबार एक कार्यक्रमका बिच पत्रकार भट्ट र गोदावरी नगरपालीका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशीले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरेका थिए ।
होटलमा पैसा खर्च गरेर र तडक भडक गरेर आफ्नो जन्मदिन मनाउने परिपाटी बसेको बेला पत्रकार भट्टले भने समाजमा नौलो काम गरेको राहात बितरण कार्यक्रममा प्रमुख अतिथी रहनु भएका गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीले बताए ।
पत्रकार भट्टले गरेको सो कार्यको प्रशंसा गर्दै उनले यसवाट सबैले पाठ सिक्न जरुरी रहेको बताए । होटलमा पैसा खर्च गरेर र तडक भडक गरेर आफ्नो जन्मदिन मनाउनु भन्दा यसै दिन बुवाको श्रद्ध पनि परेकाले थोरै भएपनि सामाजिक कार्यमा लगानी लगाउन पाउदा निकै खुसी लागेको पत्रकार भट्टले बताए ।
हरियाली चेतनशिल आमा समुहले आयोजना गरेको जन्मउत्सब बिषेश कार्यक्रम आमा समुहकी अध्यक्ष शोभा बोगटीको सभापतित्वमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गौरीशंकर टोल सुधार संस्थाका अध्यक्ष पदमराज ओझा बिशिष्ट अतिथी रहनुभएको थियो । कार्यक्रमको संचालन आमा समुहकी देवा बि.कले गरेकी थिइन् ।
पत्रकार भट्टले विगतदेखी नै आफ्नो जन्मदिनको अवसरमा असहाय, अपाङ्ग, अनाथ एवम् न्युन आयस्तर भएका परिवारलाई सहयोग गर्दै आएका छन ।