चुरे- सोमवार अर्थात हिजो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै चु्रे गाउँपालीका अध्यक्ष चक्र बोगटीले मंसिर ४ गतेका लागी तोकिएको संघ र प्रदेशको निर्वाचनमा आफ्नो राय व्यक्त गरेका छन् ।
“उनले भने पहुँच र पैसाको बलमा नभई पार्टीले सही उम्मेदवारलाई टिकट दिनु पर्ने बताएका छन् । जनताले रुचाएको इमानदार नेतालाई टिकट दिनुपर्ने उनले फेसबुक स्ट्याटस भने ।
“राजनीतिक दल चुनावी नारामा मात्र सीमित हुन्छन् । जिती सके पछि देश, जनता बिर्सने चलन छ ५०/६० वर्ष भयो संसारमा स्वतन्त्र भएका देशहरू आज विकसित देश हुँदै समाजवादतिर उन्मुख भइसके, नेपालमा भागबन्डा, भ्रष्टाचार आफन्तको व्यवस्थापन गर्न ठिक्क हुन्छ,’ उनले फेसबुक स्ट्याटसमा लेखेका छन् ।
निर्वाचनको जग नै कमजोर भएपछि र सरकारमा चोर भ्रष्टाचारी, नातावाद कृपावाद, राष्ट्रघाती गरिबमारा पुग्ने गरेकाले देश बिकास हुन नसकिरहेको उनको भनाइ रहेको छ ।
जनताले रुचाएको व्यक्तिलाई इमानदार नेतालाई टिकट दिनु पर्छ । जनताले सही मूल्याङ्कन गरी सही पार्टीको सही उम्मेदवारलाई चुनावमा विजय गराउनु पर्छ ।
नत्र भने ‘बेल पाक्यो कागलाई हर्ष न विषम’ भने जस्तो हुने उनले आफ्नो फेसबुकमा व्यक्त गरेका छन् । ‘यसरी कहाँबाट राम्रो सरकार बन्छ ? कहाँबाट देश बन्छ ? कहाँबाट जनताले मुक्ति पाउँछन् ? वारिमा मकै रोपे मकै हुन्छ धान रोपे धानै फल्छ ।
त्यस्तै हामीले नराम्रो मान्छे नराम्रो पार्टी जिताए भने राम्रो कल्पना गर्नु हामी जनताको पनि त्यतिकै दोष छ । पार्टीले टिकट दिँदा पनि पैसाको बलमा होइन नेताको पहुँचको होइन” । उनले भने ।