अत्तरिया - सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालीका वडा नं. ४ स्थीत बन्दगडामा निर्माण भईरहेको मष्टाधामको निर्माण कार्य तिब्र गतिमा भैरहेको छ । जिल्लालाई पर्यटन प्रर्वद्वन मार्फत आर्थिक समृद्वितर्फ डो¥याउने उद्देश्यले बृहत गुरुयोजना सहित निर्माण भईरहेको मष्टाधामको निर्माण कार्य गतवर्ष माघ देखी सुरु भएको हो ।
बृहत रुपमा निर्माण भईरहेको मष्टाधाम र त्यो संगै ओझेलमा रहेको राजीतालको आईतबार संघिय सांसद एवम् पुर्वमन्त्री लेखराज भट्टले अवलोकन गरेका छन । अवलोकनका क्रममा भट्टले मष्टाधामको गुरुयोजना बृहत भएकाले एक्लैले निर्माण गर्न सम्भव नभएको बताए । मष्टाधामको ऐतिहासीक पृष्ठभुमिका बारेमा पुर्व मेची देखी पश्चिम महाकाली सम्म ज्ञान फैलाउन जरुरी रहेको बताउदै उनले गोदावरी नगरभित्र नौलो रुपमा ल्याएको योजनाको प्रसंसा गरे ।
‘पर्यटन प्रर्वद्वनमार्फत प्रदेशलाई आर्थिक समृद्वितिर डो¥याउने उद्देश्यले मष्टाधामको निर्माण भईरहेको छ’ भट्टले भने ‘योजना राम्रो मात्र नभई नौलो पनि भएकाले यसलाई केही परिमार्जन गरेर जानुपर्ने मैले देखेको छु ।’ पुर्वमन्त्री भट्टले अहिलेको अवस्थामा रोजगारीको अवसर सिर्जना गर्ने गरी मष्टाधाम गुरुयोजनालाई परिमार्जीत गर्नुपर्ने बताए । उनले मष्टाधामको निर्माणका लागी सबैले एकबद्व भएर लाग्नुपर्ने बताउदै आफुले संघिय सरकारलाई पनि घचघच्याउने प्रतिबद्धता जनाएका छन् ।
फरक प्रसंगमा उनले स्वदेशमै रोजगारीको सृजना गरे मात्र बैदेशिक रोजगारीमा जाने युवाहरुलाई यहि रोक्न सकिने बताए । उनले यस तर्फ सरकार लागीरहेको बताए ।अवलोकनमा सांसद भट्ट सहित समाजसेवी बिरबहादुर साउँद, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्यहरु रमेश सिँह धामी र उद्ववराज भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कमिटि सदस्य हितेश ओझा, सशस्त्र प्रहरीका पुर्व एसएसपी मदन बिष्ट, समाजसेवी चक्र बोहोरा लगायत स्थानियबासीको सहभागीता रहेको थियो ।
मष्टाधाम निर्माण हुने स्थललाई सम्याउने देखी लिएर दुधे मष्टाको मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगिरहेको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदले बताए ।
अत्तरियाबाट करिब १३ किलोमिटरको दुरीमा रहेको कैलाली जिल्लाकै विकट क्षेत्र मानिने बन्दगडामा करिब ५० बिघा क्षेत्रफलमा मष्टधामका साथै पिकनिक स्पट, संस्कृत पाठशाला, बालआश्रम, बृद्वआश्रम, अतिथिगृह, मष्टा ग्रिन एण्ड स्टोन पार्क, उचित व्यवस्थापनको अभावमा ओझेलमा रहेको राजीतालसहीत ताल छेउमा ध्यानकेन्द्र लगायतको गुरुयोजना तयार पारिएको छ ।