बाजुरा – बाजुरामा युवा लघु उद्यमी संगको समिक्षा गोष्ठी सम्पन्न भएको छ । समिक्षा गोष्ठीमा बडीमालीका नगरपालिकाकी उपप्रमुख कविता विष्टले आफूले बडीमाली नगरपालिका भित्र रहेका सबै बेरोजगार युवाहरुका लागि रोजगारी सृर्जना गर्नाको लागि लघु उद्यमसिलता तालीमको आयोजना गरेको बताईन ।
उनले यस्ता बिभिन्न किसिमका तालिम सञ्चालन गरेर व्यवसाय गर्न ईच्छुक युवाहरुका लागि लगानी गर्ने बताईन । उपप्रमुख बिष्टले अबको पाँच वर्ष भित्र रोजगारीका लागि युवाहरुले बिदेशीनु नपर्ने बताईन ।
कार्यक्रममा सेफ द चिल्ड्रेनका कार्यक्रम सयोजक प्रेम पुनले बाजुरा जिल्लाको त्रिवेणी, बुढीगंगा, बडीमालीका नगरपालिका भित्रका दुई सय भन्दा बढी बेरोजगारी युवारुलाई विभिन्न किसिमका तालीम सञ्चालन गरी बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउँने उद्देश्य रहेको बताए ।
उनले अहिले सम्म तालिम लिएका ९० प्रतिशत युवाहरु व्यवसायिक बनिरहेको बताए । उनले व्यवसाय गर्नेहरुका लागि गाउँमा नै घुम्ती कोष कार्यक्रम सञ्चालन गरेको बताए ।
कार्यक्रम मार्फत लघु उद्यमसिलता तालीम लिएर होटेल व्यवसाय सञ्चालन गर्दै आएका धन बहादुर साउँदले सेफ द् चिल्ड्ेनको आर्थीक सहयोग र पिसविन बाजुराको आयोजनामा दिईएको कुक तालीम मार्फत आफू प्रत्यक्ष रोजगारीमा सङ्लग्न हुन पाउँदा निकै खुसी भएको बताए । साउँदले भने– ‘आफूले तालीम लिईसके पछि होटलमा विभिन्न किसिमका परिकार बनाउने गरेको छु । आफूले तालीम नलीनु पुर्व होटलमा दाल भात मात्र पक्काउने गरेको थिए । अहिले तालीम लिईसकेपछि बिभिन्न परीकारका खानेकुरा बनाउने भएकाले अहिले मासिक १० हजार देखि १५ हजार सम्म आम्दानी गरेको छु ।’
बाजुरा जिल्लाका बेरोजगारी युवाहरुका लागि सेफ द् चिल्ड्ेनको आर्थीक सहयोग र गैर सरकारी सस्था पिसविन, बाजुरा घरेलु तथा साना उद्योग कार्यालय र नगरपालिकाको आयोजनामा जिल्लाका बेरोजगार युवाहरुका लागि सिप मुलक तालीम कार्याक्रम सञ्चालन गर्दै आएका छन ।
युवा सम्मेलन हुने
बाजुरामा युवा सम्मेलन हुने भएको छ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा यही असोज ८ र ९ गते जिल्ला युवा सम्मेलन हुने भएको हो । सम्मेलनमा बाजुरा जिल्लाका १० हजार भन्दा बढी युवाहरुलाई उपस्थीत गराउने सेफ द् चिल्ड्ेनका जिल्ला सयोजक प्रेम पुनले बताए ।
उनले सम्मेलनका लागि तिब्र गतिमा तयारी भईरहेको बताए ।