बाजुरा- जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालीका नगरपालीका वडा नं.६ पानीनाउँला गाउलाई जिल्लाकै एक जलवायु अनुकुलित नमुना गाउँ घोषण बनाउने तयारी भैरहेको छ । नेपालमा पुर्ण सरसफाइ अभियान सञ्चालन भैरहेका बेला बडीमालीका नगरपालीका वडा न. ६ पानीनाउँला गाउँका स्थानीय बासी अहिले आफनो घरायसी कामकज छोडेर गाउँ सरसफाई अभियानमा जुटेको छन् ।
स्थानीय बासी विर बहादुर कार्कीले अनुसार असोज मसान्त भित्र जिल्लाको एक नमुनाको रुपमा पहिलो सरसफाइ गाउँ घोषण गर्ने तयारीका साथ स्थानियहरु अभियानमा जुटेको हुन् । पुर्ण सरसफाइका गाउँ घोषणाका ६ वटा सुचकहरु पालन गरेर पुर्ण सरसफाइ गाउँ घोषणा गर्ने अन्तीम तयारीमा लागेका अर्का स्थानीय बासी लाल बहादुर कार्कीले जानकारी दिए ।
पुर्ण सुरसफाइका ६ वटा सुचकहरु जस्तै चर्पीको प्रयोग, ब्यक्तिगत सरसफाई, न्युनतम आवश्यक तथा सुरक्षित पानिमा पहुच तथा प्रयोग , सुरक्षित खानाको प्रयोग , सफा र स्वच्छ घर , विद्यालयर स्वास्थ्य संस्था एवम अन्य कार्यालय, बतावरणीय सरसफाई जस्ता पुर्ण सरसफाइका मापदण्ड राखेर नगरपालिकाका प्रत्येक वडा र टोललाई नमुना गाउँ घोषणा गर्ने तयारी नगरपाललिकाले गरेको नगरपालिकाकी उपप्रमुख कविता विष्टले बताइन् ।
उनले भनिन् - 'जुन बस्तीले छ वटा मापदण्ड पुरा गर्छ, त्यस गाउँलाइ मात्र नमुना गाउँ घोषणा गर्नाको लागी नगरपालिकाले सिफारिस गर्ने छ ।' बडीमालीका नगरपालीका सबै वडा टोल भन्दा पानीनाउला गाउँले ६ वटा सुचक पुरा गरेको हुदा उक्त गाउँलाई घोषणको लागी सिफारीस गर्ने उनले बताइन् ।
मष्टेश्वरी ताजा तरकारी कृषक समुहले पानीनाउँलाले बाजुरा जिल्लाकै पहिलो नमुना गाउँ घोषणा गर्ने भएका छन । पुर्ण सरसफाई घोषणा गर्नेको लागी बडीमालीका नगरपालिकाले स्थलगत अनुगमन गरेका छन ।