अत्तरिया - कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना मा.बिमा निजि श्रोत शिक्षक संगठनको सुदुरपश्चिम प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । सम्पुर्ण श्रमशोषीत शिक्षक एक हौ, श्रम विभेदिकरणको अन्त्य गरौ भन्ने मुल नाराका साथ शनिवार शिक्षक संगठनको प्रदेश स्तरिय भेला सम्पन्न भएको हो ।
निजि श्रोत शिक्षक संगठनकी कैलाली जिल्ला अध्यक्ष निख्नी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक विकाशमन्त्री कृष्णराज सुवेदी प्रमुख अतिथि रहनुभएको थियो । यस्तै उक्त कार्यक्रममा गोदावरी नगरपालीका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी , दुर्गालक्ष्मी नमुना मा.बिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर सिँ खड्का, , दुर्गालक्ष्मी नमुना मा.वी का प्रचार्य शिवराज जोशी, नेपाल राष्ट्रिय शिक्षक संगठनका सुदुरपश्चिम प्रदेश महासचिव खगेन्द्र धमला, एकिकृत अखिल नेपाल शिक्षक संगठनका सुदुरपश्चिम प्रदेश महासचिव रतन बहादुर जैसी लगायतको उपश्तिथी रहेको थियो ।
कार्यक्रममा बोल्दै समाजिक बिकास मन्त्री सुवेदीले केन्द्र सरकारवाट मा.बि तह सम्म स्थानिय तह र उच्च मा.बि सम्म प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्ने बताएपनि यसमा कुरा नमिलेकाले केही गर्न नसकिएको बताए । उनले शिक्षा नियमावली नै अन्यौलमा भएकोले बिधालय र शिक्षकहरुको क्षेत्रमा काम गर्न केहि कठिनाई भैरहेको बताए । उनले निजि श्रोत शिक्षकहरुका केहि जायज मागहरु आफुले सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । भेलापछि निजि श्रोत संगठनको प्रदेश स्तरिय निर्वाचन आयोगका अध्यक्ष अनिरुध्र जोशीको अध्यक्षतामा बसेको बैठकले प्रदेश स्तरिय नयाँ कार्यसमिति चयन गरेको छ ।
निजि श्रोत शिक्षक संगठनकी कैलाली जिल्ला अध्यक्ष निख्नी चौधरीको अध्यक्षतामा सुदुरपश्चिम प्रदेशका ९ औटै जिल्लाको प्रतिनिधित्व हुने गरी २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा बासुदेव पन्त, पुरुष उपाध्यक्षमा धर्मराज जोशी र महिला उपाध्यक्षमा रेखा कुँवर रहेका छन ।
यस्तै महासचिवमा नाथ बहादुर बुढा, पुरुष सहसचिवमा मनिराम जोशी र महिला सहसचिव कमला धानुक रहेका छन भने कोषाध्यक्षमा बालाराम जोशी र महिला कोषाध्यक्षमा नन्देश्वरी भट्ट रहेका छन । समितिका सदस्यहरुमा ६ जनाको नाम टुङ्गो लागीसकेको छ भने १० जना सदस्यहरु तोक्न बाकी रहेको जनाईएको छ । यसैगरी सुदुरपश्चिम प्रदेश कमिटि ईन्चार्जको रुपमा भुपेन्द्र सिँ धामी चयन भएका छन ।