अत्तरिया -नेकपा एमाले गोदावरीले शनिबार भोली अगुवा कार्यकर्ता प्रशिक्षण गर्ने भएको छ । स्थानिय चुनाव पछि शुन्य गतिबिधीमा झरेको एमालेले कार्यकर्ता प्रशिक्षण गर्न लागेको हो ।
एमाले सचिब लेखराज भट्टले स्थानिय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । जिल्लाका अन्य सबै पालिकामा प्रशिक्षण भेला गरेको एमालेले यँहा भने अहिले सम्म चुनाव पछि एउटा पनि कार्यक्रम गर्न सकेको थिएन ।
पार्टी गतिबिधी शुन्य
स्थानिय चुनावमा पराजय भोगेको नेकपा एमालेको गतिबिधी गोदावरीमा प्राय शुन्य बनेको छ । चुनावपछि समिक्षा बैठकमा नेताहरु बिच नै झडपको स्थिती बनेपछि पार्टीको कार्यक्रमहरु सुस्त बनेका हुन ।
चुनावमा एमाले पार्टी भित्र कै अन्तर्घात को कारण हार ब्यहोर्नु परेको गोदावरीमा एमालेका मेयरका उम्मेदवार एबम गोदावरी नगरकमिटीका अध्यक्ष गोकर्ण भट्ट पक्षको बुझाई रहेको छ । उनी अन्तर्घात गर्नेलाई पार्टी ले कार्बाही नगरेसम्म पार्टी आगाडी बढन नसक्ने अडान मा छन ।
त्यस यता पार्टीले कुनै पनि औपचारिक कार्यक्रम गरेको छैन । ब्यक्तीगत रुपमा नेताहरु कार्यकर्ताको संपर्कमा रहेपनी पार्टीगत रुपमा भने प्राय गतिबिधी शुन्य नै रहेको छ ।
स्थानिय निर्बाचन पछि नगरकमिटीको बैठक पनि बस्न सकेको छैन । अब सरकारले प्रदेश र संघको निर्बाचन मंसिर ४ मा गर्ने घोषणा गरेपछि पार्टीका गतिबिधी सकृय हुने नेताहरुको बुझाई रहेको छ ।
एमाले केन्द्रिय सचिब लेखराज भट्टको गृह पालिका भएकाले पनि पार्टी भित्रको बिबाद मिलाएर नै लैजानुपर्ने उनी माथि दबाब छ । आगामी संघको चुनावमा भट्ट स्वयम क्षेत्र नम्बर ४ मा उम्मेदवार बन्ने स्थिती आए पार्टीलाई उनले एक ढिक्का बनाएर लैजानु पर्ने स्थानिय नेताहरुको बुझाई रहेको छ ।