धनगढी-सबिधान दिबस कै दिन असन्तुष्ट पक्षले असोज ३ कालो दिन भएको भन्दै संविधान जलाएका छन् । नेपाल आदिवासी जनजाति महासंघ र थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयुक्त आयोजना मा धनगढी पार्कमोडमा संविधानका धारा र उपधारालाई जलाइएका छन्।
संविधान जारी भएको तिन वर्ष पुरा भएको अवसरमा सरकारले तीन दिन सम्म भब्य रुपमा यो दिबस मनाईरहेको बेला थरुहट पक्षधरहरुले भने संविधानको धारा ३८,४२, १८, ५६, र २७४ को अनुसूची ४ जलाईएका हुन । थरुहट- थारुवान राष्ट्रिय मोर्चाका जिल्ला संयोजक माधव थारुले अपुरो संविधान भएकोले यसलाई स्विकार गर्न नसकिने बताए ।
उनले थारु, आदिबासी जनजातिहरुको हक अधिकारको ग्यारेन्टी नहुन्जेल सम्म संविधानलाई जलाई राख्ने बताए । उनले अनूसुचि ४ मा सिमांकनको कुरा उल्लेख भएकोले अखण्ड सुदूरपश्चिमको सिमाकंन अबैज्ञानिक भएकोले सो अनुसूचि समेत जलाएको बताए ।
यस्तै पूर्व सभासद कृष्ण थारुले संविधान संशोधन गरि सबै जनताको अपनत्व हुने संविधान बनाउनु पर्नेमा जोड दिए । ' थारु, मधेसी, दलित लगायतका जनजाती सामुदायका नागरिकहरूको हक अधिकार ग्यारेन्टी भएको संविधान हुनुपर्छ उनले भने - ' राज्यले एउटा पक्षलाई पक्ष पोषण र अर्को पक्षलाई दमन गर्ने संविधान कुनै पनि हालतमा स्वीकार गर्न सकिन्न संशोधन हुनु पर्दछ ।
बिरोधमा आज साँझ ७ देखि ७ः३० बजे संविधान नमान्ने पक्षधरका घरको बत्तिको स्यूच अफ गर्ने कार्यक्रम समेत रहेको छ ।