बर्दिया - बर्दियाको राजापुर नगरपालिकाका निवर्तमान मेयर शिव प्रसाद थारु, मधुवन नगरपालिका बर्दियाकै निवर्तमान उपमेयर शुभरानी थारु, नेकपा माओवादी (केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्यहरु रामबहादुर थारु`रक्तिम´,शुरेस भुल, शान्ति चौधरीले नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले) बर्दिया जिल्ला राजापुर नगरकमिटीकाे आयाेजनामा गरेको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी (केन्द्र) का नेता तथ पूर्वजनप्रतिनिधिहरूकाे ठूलो संख्यालाई एमालेमा प्रवेश गरेका हुन । नेकपा माओवादी (केन्द्र)का लुम्बिनी प्रदेश कमिटी सदस्य एवम्
यसैगरी नेकपा माओवादी (केन्द्र) कै बर्दिया जिल्ला कमिटी सदस्य डि.पि थारु, खडक बहादुर परियार, रिसुलाल थारु, बालकृष्ण थारु, टिकाराम थारु लगायत थुप्रै नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन ।त्यसैगरी बर्दिया जिल्ला एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य शिव देवकोटा, नरबहादुर डागी, पशुपति श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ता नेकपा (एमाले) पार्टी प्रवेश गरेका छन् ।
याे प्रवेशसँगै नेकपा (एमाले) काे अलि कमजोर क्षेत्र मानिएको क्षेत्र नं.२ अब बलियो संगठन भएको एमाले केन्द्रीय कमिटी सदस्य एवम् बर्दिया जिल्ला ईन्चार्ज लक्षमण ज्ञवाली तर्क छ । एमालेमा प्रबेश गर्नेहरुलाई महासचिव शंकर पाेखरेलले पार्टीमा स्वागत गरेका हुन ।