अत्तरिया – चौथो संबिधान दिवस तथा राष्ट्रिय दिवस गोदावरी नगरपालिकाले भव्यताका साथ मनाएको छ । शुक्रबार बिहान दिवसको अवसरमा गोदावरी नगरपालिकाको आयोजनामा अत्तरिया बजारमा -याली निकालिएको छ ।

गोदावरी नगरपालिकाको आयोजनामा निकालिएको -यालीमा राजनीतिक दलका प्रतिनिधी , बिभिन्न संघ सस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि , व्यपारी , बिभिन्न विद्यालयका शिक्षक बिद्यार्थिहरुको सहभागीता रहेको थियो ।

-यालि पछि अत्तरियाको पतंजली योग समितिको हलमा संबिधान दिवस कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले जनताको ९० प्रतिशत को सहभागीतामा जारी भएको नेपालको संबिधान विश्वकै उत्कृष्ट संबिधान भएको बताए । उनले जनआन्दोल ,जनयुद्धको बलमा नेपालको संबिधान निर्माण भएको र यसले सबै पक्षलाई समेटेको बताए ।
मेयर साउँदले अबको लक्ष आर्थिक समृद्धि भएकाले सबैले यसमा सहकार्य गनुपर्ने बताए । ‘नेपाल आर्थिक समृद्धिको बाटोमा अगाडी बढीसकेका छ ।’ मेयर साउँदले भने –‘नेपालको विकास अवको लक्ष भएकाले कसैले सत्तापक्ष प्रतिपक्ष नभनी देश विकासमा लाग्न आग्रह गर्दछु ।’
कार्यक्रममा बोल्दै नेकपा गोदावरी नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले गोदावरी नगरलाई समृद्ध बनाउनका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनु पर्ने बताए ।
कार्यक्रममा गोदावरी नगरपालिकाकी उप मेयर रत्ना कडायतले स्वागत मन्तव्य राखेकी थिर्ईन भने गोदावरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।