डडेल्धुरा -आर्थिक बिकासका लागि उत्पादनमा बृद्धि आवश्यक रहेको नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटिका इन्चार्ज लेखराज भट्टले बताएका छन । शनीवार डडेल्धुरा जिल्लामा आयोजित नेपाल कम्युष्निट पार्टी (एकिकृत माक्र्सवादी लेनीनवादी) जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
सरकारले निर्माण गरिरहेको कैलालीको धनगढीस्थित गेटा मेडिकल कलेज कसरी सञ्चालन गर्ने विषयमा सरकारको ध्यानाकर्षण हुन नसकेको भन्दै उनले आपत्ती जनाएका छन । चुनावको समयमा उल्टो डडेल्धुरामा मेडिकल कलेज बनाउने झुट्टा आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको उनको भनाई छ ।
पाँच पटकसम्म प्रधानमन्त्री बनेका देउवाले सुदूरपश्चिमको विकासका लागि केहि पनि नगरेको उनको आरोप छ । बर्तमान सरकारको समयमा १ सय ९६ प्रतीशतले बैदेशिक रोजगारीमा जानु परेको समेत उनले बताए ।
यस्तै प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमाले पालिटब्युरो सदस्य तथा केन्द्रीय सदस्य राजेन्द्रसिंह रावलले स्थानिय निर्वाचनमा एमालेले गठवन्धनको चुनौतिका बाबजुत अग्रपंतिमै रहेको वताए । नेकपा एमालेले गरेका थुप्रै उपलब्धिहरु जनतामा जान नसकेको उनको भनाई छ ।
नेकपा एमालेको नेतृत्वमा बनेको संघिय सरकारले गरेका राष्ट्रिय गौरबका योजनाहरु वर्तमान सरकारले ओझेलमा पारेको तथा कमिसनमा बजेट बिक्रीवितरण गरेर देश चलाईरहेको वताए ।
बर्तमान अवस्थामा दैनिक उपभोग्य सामानहरुमा भइरहेको बृद्धि बिरुद्ध नागरिकहरुको परमादेशी सरकारलाई खवरदारी आबश्यक रहेको उनको भनाई छ ।
नेकपा एमालेले जनताको पुँजि संकलन गर्दै उत्पादन बढाउन समाजवादको दिशामा अगाढि वढ्ने वताए ।
अन्य पार्टिका कार्यकर्ताहरुलाई नेकपा एमालेमा स्वागत गर्दै पार्टिको सैद्धान्तिक ज्ञान दिन आबश्यक रहेकोमा उनले जोड दिए । पार्टिमा जनसंगठन बिस्तार गर्दै पार्टिलाई बलियो बनाउन जिल्ला कमिटिलाई उनले निर्देशन दिए ।