अत्तरिया - कैलालीको अत्तरिया पहाड रोडमा ४ बर्ष अघी शुरु भएको हो क्लासिक कुलर उधोग । उक्त उधोगले गर्मी सिजनमा २ सय सम्म कुलर उधोग मै बनाएर बिक्री गर्दै आएको छ ।
उधोग मा काम गर्ने ४ जना मात्रै भए पनि ५ सय कुलर हरेक सिजनमा बिक्री गर्ने लक्ष लिएको छ ।
भारतमा ३५ बर्ष बसेका प्रमेन्द्र सिं ले गोदावरी -२ मा ४ बर्ष अघी उधोग स्थापना गर्ने निधो गरे । सोही निधोले उनलाई अहिले ब्यबसायिक सफलता मिलेको छ ।
शुरु शुरुमा उनलाई कुलर यँहा पनि चल्छ र भन्ने शँका लागेको थियो । तर पछि गर्मी अत्तरिया धनगढीमा असाध्य नै बढन थालेको महशुस गरेर उनले कुलर उधोग खोले ।
उनि भन्छन - भारतमा त धेरै नै कुलर प्रयोग गर्ने प्रचलन रहेको छ तर यँहा के हुन्छ भन्ने मलाई थाहा थिएन तर पछि गर्दै जाँदा यो अहिले उधोग नै बनेको छ । सिजनमा दुई सय सम्म कुलर बिक्री गरेका छौं । अब ५ सय जती बिक्री गर्ने लक्ष रहेको छ ।
उनका अनुसार यँहा गर्मी धेरै नै भएपनी कुलरको बारेमा मान्छेलाई बुझाउन गार्हो छ । उनले ३० लिटर देखी १ सय लिटर सम्मका कुलर बिक्री गर्दै आएका छन । धेरै महँगो पनि नहुने र गर्मीमा चिसो दिने कुलरहरु १० बर्ष सम्म ढुक्कले प्रयोग गर्न सकिने उनको भनाई रहेको छ ।
कुलर बनाउन आबश्यक पर्ने कच्चा पदार्थ भने उनले भारत बाट नै ल्याउने गरेका छन । प्रमेन्द्रले अहिले अर्को पसल धनगढी चौराहमा पनि खोलेका छन । अब आफ्नो बजारलाई धनगढीमा बिस्तार गर्ने उनको लक्ष रहेको छ । उनले कुलर प्रयोग गर्न सहज हुने भएपनी आम मनिसलाई यसको बारेमा जानकारी गराउन नसकिएको बताए ।
उनले अहिले उधोगमा २० लाखको लगानी लगाइसकेका छन । अझै यसको बजारलाई बिस्तार गर्न सरकारी कार्यालय सम्म पुग्ने उनको योजना रहेको छ ।