हेटौँडा - प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । ९ औँ महाधिवेशनअन्तर्गत आइतबार साँझ सार्वजनिक मत परिणामअनुसार अध्यक्षमा लम्सालले ७ सय ४५ मतसहित विजयी हुँदा अर्की आकाङ्क्षी अनिता विन्दुले ६ सय १२ मत मात्रै पाइन् । लम्साल संस्थापन इतरको उम्मेदवार हो भने अनिता बिन्दु संस्थापन पक्षको उम्मेदवार हो । अर्का आकाङ्क्षी भुवन भट्टले १९ मत मात्रै पाए।
१ हजार ६ सय मतदातामध्ये १ हजार २ सय ९७ मत खसेको थियो । अध्यक्ष र पदाधिकारीको मतगणनापछि सदस्यहरूको मतगणना हुनेछ । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ९६८५ मत विजयी हुँदा अर्का आकाङ्क्षी सरोज अधिकारी ९६६५ मत ल्याए । खुला उपाध्यक्षमा नकुल अर्याल ९७७५ मत र भीष्मराज ओझा ९६४० मत सहित विजयी भए।
महिला उपाध्यक्षमा सलोजा दाहाल ९७२० मत ल्याएर विजयी भइन् । यस्तै प्रदेशबाट उपाध्यक्षमा डिल्लीराम खतिवडा (१ नं. प्रदेश), अनिल कर्ण (मधेश प्रदेश), डा. मुरारी अधिकारी ( बागमती), ऋषिकान्त पौडेल (गण्डकी), माधवप्रसाद अर्याल (लुम्बिनी), राजेन्द्र बहादुर कार्की (कर्णाली), प्रेम चुनारा (सुदूरपश्चिम), जीवन भण्डारी(उपत्यका) विजयी भएका छन् । महासचिवमा दिलीप पौडेल ९८७८० मत सहित विजयी भए ।
उपमहासचिव पदमा युवराज गौतम, कमल पन्त र रविन्द्र सुवेदी निर्वाचित भएका छन् । उपमहासचिव महिलामा सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित भएकी छ । उपमहासचिव समावेशीमा अभय कुमार राई निर्वाचित भएका छन् । सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत निर्वाचित भएका छन् । सचिव महिलामा पुष्पा शर्मा विजयी भएकी छन्।