हेटौँडा - नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित जना निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् ।
अनलाइन सचिवमा छाँया भण्डारी, थारु सचिवमा सहदेव चौधरी र टेलिभिजन सचिवमा अशोककुमार तिवारी निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल प्रेस युनियनमा एक उपाध्यक्ष र तीन जना सचिवसहित जना निर्विरोध निर्वाचित भएका छन् । समावेशी उपाध्यक्षमा दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भएका छन् ।
आदिवासी जनजातितर्फ छविलाल माल, निमा लामा र सुवासकुमार सुनुवार, आदिवासी महिलातर्फ रीता मगर, दलित महिलातर्फ फूलमाया सुनार, लैंगिक अल्पसंख्यकमा नारद कोहार, अपाङ्गता कोटामा कौरव खत्री चयन भएका छन् ।
यस्तै, महिला सदस्यमा पूजा शर्मा र सिर्जनाकुमारी गौतम निर्विरोध निर्वाचित भएका छन् ।खस आर्य महिला केन्द्रीय सदस्यमा बालिका सिवाकोटी र जेविका कार्की, थारुतर्फ लक्ष्मीमान थारु, थारु महिला सदस्यमा अञ्जना थारु, मधेशी महिलामा सुधा देव पनि निर्विरोध भए ।
बागमती प्रदेशबाट महिलातर्फ रमा लुइटेल रआत्मा गुरागाईं , गण्डकीबाट कृष्णकुमारी ढकाल र मायाकुमारी अधिकारी, सुदूरपश्चिमबाट निर्मला भट्ट र जमुना न्यूरे , काठमाडौं उपत्यकाबाट तेजना पण्डित पनि निर्विरोध चयन भएका छन् ।
अध्यक्षसहित अन्य पदका लागि भने आज मतदान हुँदै छ ।बागमती प्रदेशको राजधानी हेटौंडामा जारी अधिवेशनमा बिहान ११ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ।अध्यक्षका लागि अनिता विन्दु, शिव लम्साल र भुवन भट्टबीच प्रतिस्पर्धा हुँदैछ ।
वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र सरोज अधिकारी रहेका छन् भने महासचिवमा जगन्नाथ दुलाल र दिलीप पौडेलले उम्मेदवारी दिएका छन् ।
अधिवेशनमा एक हजार ६३० जनाले मतदान गर्नेछन्। नयाँ नेतृत्वका लागि पार्टीको संस्थापन र इतर निटका पत्रकारको दुई वटा प्यानल छन्।दिउँसो ४ बजे सम्म तोकिएको मतदान सकिएपछि शनिबार नै गणना गर्ने तालिका छ।