धनगढी - धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. र धनगढीकै हसनपुरमा रहेको ऐस्वर्य बिद्या निकेतन स्कुलबीच उपचारमा विशेष छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, विद्यालय परिवारका सदस्य, कर्मचारी र नीजका परिवारजन (बुवा आमा, श्रीमान श्रीमती र छोरा छोरी)को दुर्घटना वा अन्य उपचारका लागि पनि अस्पतालमा विशेष छुट उपलब्ध गराउने र स्वास्थ्य सम्वन्धि आवश्यक सेवा सुलभ र सहज रुपमा पु–याउने निसर्ग हस्पिटलले जनाएको छ ।
सम्झौता पत्रमा यस हस्पिटलमा ऐस्वर्यका बिध्यार्थी,स्टाफ र अन्यले क्रमशः ओपिडी टिकटमा ५०÷२५ प्रतिशत छुट,प्रयोगशाला सेवामा २५÷१५ प्रतिशत छुट,युएसजी,एक्सरे,ईसिजी,ईको,टिएमटि र ईन्डोस्कोपीमा १५÷१० प्रतिशत छुट,आईसियु÷एनआईसियुमा १२.५÷१० प्रतिशत र भर्ना भएका बिरामीको बेड चार्जमा १५÷१० प्रतिशत साथै औषधि खरिदमा ७÷५ प्रतिशत छुट,क्याबिनमा १०÷७ प्रतिशत छुट, सामान्य सल्यक्रियामा १०÷७ र जटिल सल्यक्रियामा ७.५÷५ प्रतिशत छुट हस्पिटलबाट प्रदान हुने हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले बताए ।
निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रा.लि.का अध्यक्ष तिर्थराज पन्त तथा ऐस्वर्य बिद्या निकेतन बोर्डिङ स्कुलका प्राचार्य पे्रम निधी ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
निजी क्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवा प्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवर्द्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनकालागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।