अत्तरिया- अत्तरिया जेसिजको आतिथ्यतामा यहि असोज ३ र ४ गते धनगढीमा हुन लागेको देशकै ठुलो नेपाल जेसिजको क्षेत्र ‘घ’ सम्मेलन सम्पुर्ण तयारी पुरा भएको छ । धनगढी स्थित ओम प्यालेसमा आयोजना गरिएको क्षेत्र ‘घ’ सम्मेलनका लागि आवश्यक सम्पुर्ण तयारीहरु पुरा भएको हो ।
तयारी स्वरुप कार्यक्रम स्थलको सजावट , मञ्च ब्यबस्थापन , स्मारिका छपाई , मायाको चिनो, खाना र बस्नको ब्यबस्था लगाएतका तयारीहरु पुरा भएको अत्तरिया जेसिजले जनाएको छ । सम्मेलनको शुक्रवार बिहान संघिय सांसद लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको अत्तरिया जेसिज बर्ष २०१९ का अध्यक्ष गणेश शाहले जानकारी दिए ।
नेपाल जेसिजको आयोजना र अत्तरिया जेसिजको आतिथ्यतामा २ दिन सम्म चल्ने उक्त सम्मेलनमा ठुलो संख्यामा मानिसहरुको सहभागिता रहने छ । नेपाल जेसिज अन्र्तगतका क्षेत्र ‘घ’ भित्र पर्ने नारायणी वारीका ४८ शाखाका करिब ७ देखी ८ सय जनाको सहभागिता रहने अध्यक्ष शाहले बताए । यस अघि दाङ्गमा सम्पन्न भएको क्षेत्र क्षेत्र ‘घ’ सम्मेलन सुदुरपश्चिममा पहिलो पटक हुन लागेको हो ।
२०११ मा स्थापना भएको अत्तरिया जेसिजले आतिथ्यता ग्रहण गर्ने बताएपछि अत्तरिया जेसिजको आतिथ्यतामा सम्मेलन हुन लागेको अध्यक्ष शाहले जानकारी दिए । उक्त सम्मेलनमा वक्ताका रुपमा डा. चन्द्र भण्डारी , डा. सुरेन्द्र के.सी र मुमाराम खनाल आउने तय भएको उनले बताए । उक्त सम्मेलनलाई सम्पन्न गर्नका लागि अत्तरिया जेसिजका संस्थापक अध्यक्ष गिरिराज कडायतको अध्यक्षतामा क्षेत्र ‘घ’ सम्मेलन मुल समारोह समिति समेत गठन गरिएको अत्तरिया जेसिज महासचिब प्रमोद अधिकारीले जानकारी दिए ।
अन्य ब्यबस्थापनका लागि पनि बिभिन्न उप समितिहरुपनि गठन गरिएको उनले बताए । सम्मेलनमा सुदुरपश्चिमका बिबिध कला संस्कृतिको प्रस्तुती, व्यवसायिक ज्ञान सीपको आदान प्रदान, युवा सम्मेलन, युवा उत्प्रेरणा तथा आफ्नो समाजमा नेतृत्व विकास सम्बन्धि तालिम , ब्यवसायिक सीप तालिम, भातृत्व विकास लगायतका कार्यक्रमहरु हुने महासचिब अधिकारीले बताए ।
उनले सुदुरपश्चिम प्रदेशको व्यवसायिक तथा पर्यटकीय स्थानको प्रबद्र्धनमा टेवा पुग्ने उद्देश्य सहित सम्मेलनको आयोजना गर्न लागिएको बताए । उक्त सम्मेलन आयोजना गर्नका लागि ५० देखी ६० लाख खर्च हुने अनुमान गरिएको छ ।