अत्तरिया - सुदुरपश्चिम प्रदेशको सुगम जिल्ला कैलालीको दुर्गम ठाँउमा पहिलो पटक बिजुली पुगेको छ । लामो समयदेखी अन्धकारमय रहेको प्रदेशको स्थायी राजधानीका लागि घोषणा गरिएको कैलालीको गोदावरी नगरपालिका वडा नं ४ को दुर्गम ठाँउमा पर्ने बन्दगडा र हाटखोलीमा पहिलो पटक बिजुली पुगेको हो ।
बिहिबार एक कार्यक्रमका बिच बिद्युत सेवाको सुभारम्भ गरिएको छ । बन्दगडाका निर्माण भैरहेको सुदुरपश्चिम प्रदेशको बिषेश महत्व बोकेको बृहत मष्टधामको प्रङ्गणमा गोदावरी नगरपालीका वडा नं. ४ का वडाध्यक्ष प्रेम बहादुर भण्डारी र नेपाल विद्युत प्राधिकरण कैलालीका प्रमुख सुरेन्द्र कुमार चौधरीले संयुक्त रुपमा बिजुलीको स्वच थिचेर बिद्युत सेवाको सुभारम्भ गरेका हुन् । सामान्य सेवा सुबिधावाट समेत बञ्चित रहदै आएका बन्दगडा र हाटखोलीबासीहरु ढिलै भएपनि घरघरमा बिजुली बाल्न पाएपछि खुसी भएका छन् ।
पहिलो पटक आफुहरुले बिजुली बत्ति बाल्न पाएकोमा सम्पुर्ण गाँउलेबासीमा खुसीयाली छाएको स्थानिय भिम बहादुर साउँदले बताए । उनले आफुहरुले धेरै बर्षदेखी बत्ती बाल्ने सपना बोन्दै आएको भएपनि अहिले आएर पुरा भएको बताए । म यो बस्तीमा बसेको धेरै भयो , सधै सोच्थे कहिले बिजुली आउला र बत्ती बालौला उनले भने तर अहिले सबैको साथ र सहयोगमा बिकट ठाँउमा रहेको हाम्रो गाँउमा बिजुली बलेको छ हामीलाई दशै तिहार आएजस्तै भएको छ ।
बिगतका वर्षहरुमा घरको अध्यारो कोठामा टुकी र मैनबत्ति बालेर दशै र तिहार मनाउदै आएको उनले बताए । उनले अब यसवर्ष भने सबै ठाँउमा बिजुलीको झिलिमिली लगाउदै नया उत्साहका साथै दशै तिहार मनाइने बताए । आफ्नो ठाँउ सम्म बिजुली पुञ्याउन सहयोग गर्ने सबैमा उनले धन्यवाद ज्ञापन गरे ।बिद्युत सेवाको सुभारम्भ कार्यक्रममा सहभागि कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का अध्यक्ष प्रेम बहादुर भण्डारीले आफुले निर्वाचनका समयमा बोलेका बाचाहरु सबै पुरा गर्न तर्फ आफु निरन्तर लागि रहेको बताए । उनले पाहाड र तराई दुवै जोडिएको गोदावरी नगरपालिकाको वडा नं ४ बिकट वडा भएपनि यस बडामा रहेका समस्याहरुको समाधानका लागि आफुले निरन्तर काम गरिरहेको बताए । जनताका आधारभुत आवश्यकताहरु शिक्षा, स्वास्थ्य , खानेपानी र बिजुलीबत्ति सबै वडाबासीका माँझ पुञ्याउन आफुले स्थानियतहको निर्वाचनमा भाग लिएको उनको भनाई थियो ।
चुनाबका बेला बन्दगडा र हाटखोलीमा बिजुली पुञ्याउने प्रतिवद्वता गरेको बताउदै वडा अध्यक्ष भण्डारीले ढिलो भएपनि सबैको सहयोगमा बन्दगडा र हाटखोलीबासीले बिजुली बत्ति बाल्न पाएकोमा खुसी ब्यक्ति गरे । उनले वडामा हुने विकाश निर्माणका काममा सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने र वडावाट हुने सम्पुर्ण सहयोग गर्न आफु तयार रहेको बताए ।
कार्यक्रममा बिशिष्ट अतिथि रहेका नेपाल विद्युत प्राधिकरण कैलालीका प्रमुख सुरेन्द्र कुमार चौधरीले बर्षौदेखी अन्धकारमा बस्न बाध्य भएका स्थानियहरुलाई बिजुली भएपछि धेरै राहत पुग्ने बताए । उनले नयाँ बत्ति जडान गरिएको ठाउँमा बिधुतको खतरा केहि बढि हुने हुदाँ सबै स्थानियलाई सर्तकता अपनाउन आग्रह गरे । आफु भरखरै मात्रै कैलालीमा आएकाले सबै ठाँउको बारेमा बुझ्न नपाएको बताउदै प्रमुख चौधरीले आफु रहुन्जेल जिल्ला भित्र जुन जुन ठाउँमा विजुली बत्ति पुगेको छैन ति ठाँउहरुमा बिजुली पु¥याउनमा पहल गर्ने उद्घोष गरे ।
कार्यक्रमका सभापति एबम् मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर साउँदले सुगम जिल्लाको सुगम नगरपालिका भित्र रहेको वडामा जनताहरु बर्षौदेखी अन्धकारमा दिनरात कटाउनु निकै दुखदको कुरा भएको बताए । उनले केहि बर्ष पहिल देखी नै बिजुलीका पोलहरु गडेर तयार गरेको भएपनि बत्ती बल्न नपाउदा निराश बनेका स्थानियहरु अहिले भने खुसी भएको बताए । बषौदेखी आशैआशमा बसेका बन्दगडा र हाटखोली बासीको बिजुली बाल्ने सपना पुरा भएको उनले बताए ।
बिद्युतको सुबिधा नहुदा निर्माणाधिन अबस्थामा रहेको बृहत मष्टाधामकाको कामकाजमा समस्या भैरहेका बेला अतिआवश्य समयमा बिजुली ल्याउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णमा उनले धन्यवाद व्यक्त गरे ।
गोदावरी नगरपालीकाका नगरप्रमुख हरि सिँ साउँद, वडा नं. ४ का वडाध्यक्ष प्रेम बहादुर भण्डारी, दुर्गा माध्यमिक विद्यालय हाटखोलीका प्र.अ. कर्ण बहादुर साउँद र मष्टाधाम व्यवस्थापन समितिको विशेष पहलमा बन्दगडा र हाटखोलीमा बिधुत सेवा सुचारु भएको हो । गोदावरी नगरपालिका भित्रका अन्य बिभिन्न वडाहरु पनि बिधुत सेवाको अभाव रहेको छ । जसले गर्दा स्थानियहरु बर्षौदेखी बिजुली बाल्ने आशमा अन्धकारमय वातावरणम बस्न बाध्य रहेका छन् ।