अत्तरिया -कैलालीको गोदावरी नगरपालिकाले अस्थायी र ज्यालादारी कर्मचारीको बारेमा केही निर्णय गरेको छैन । प्रदेसका धेरै जसो पालिकाहरुले अस्थायी र ज्यालादारी कर्मचारीहरु कटौती गरेपनी गोदावरीले भने केही निर्णय गरेको छैन ।
गोदावरी कै छिमेकी नगरपालिका गौरीगंगा र घोडाघोडीले अस्थायी र ज्यालादारी कर्मचारीलाई श्राबण एक देखी कार्यालयमा हाजिर नहुन भनेको छ । गोदावरीमा अघिल्लो जनप्रतिनिधीको कार्यकालमा झण्डै १२८ जना अस्थायी र ज्यालादारी कर्मचारी भर्ना गरिएको थियो । ति कर्मचारीहरु नगरपालिकाको कार्यालय देखी सबै वडामा कार्यरत छन ।
धेरै जसो कर्मचारी स्वास्थयका रहेका छन । नयाँ जनप्रतिनिधी आएपछि एक जना कार्यालय सहयोगी ज्यालामा राखिएको नगरपालिका स्रोतले बताएको छ । गोदावरीमा स्वास्थयमा धेरै जसो स्वास्थयमा फाजिल कर्मचारी रहेका छन । फाजिलमा अन्य स्थानिय तहमा दरबन्दी भएका झण्डै ४२ जना रहेका छन ।
गोदावरी नगरपालिकाका प्रबक्ता गोपालदत्त भट्टले अहिले यो बिषयमा कुनै छलफल नभएको बताए । 'गोदावरीमा कर्मचारी धेरै नै छन । फाजिलमा पनि ४१-४२ जना छन । तर अहिले नै त के गर्ने भन्ने केही छलफल भएको छैन,' भट्टले भने ,'अहिले हामी अरु अरु कुरा मिलाउँदै छौं त्यसमा खासै ध्यान दिन पाएका छैनौ ।'
नगरपालिका स्रोतका अनुसार हालका मेयर बिरेन्द्र भट्ट धेरै कर्मचारी चलाउने पक्षमा छैनन् । उनले कर्मचारी चलाउँदा समस्या हुने राम्ररी बुझेका छन् त्यसैले सकभर यो बिषयमा उनले प्रबेश गर्न त्यती रुची राखेका छैनन् ।
हालका १२८ अस्थायी र ज्यालादारी कर्मचारीको मासिक तलब न्युनतम तलब २५ हजारको दरले भुक्तानी गर्दा पनि मासिक नगरपालिकाको ब्ययभार ३२ लाख बढि हुन जान्छ । जुन नगरपालिकाको आन्तरिक स्रोतबाट भुक्तान हुने गर्दछ।