अत्तरिया-कैलालीको गोदावरी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को नगरमा भई गरेको कार्यक्रको मंगलबार सार्वजनिक सुनुवाई भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम गोदावरी नगरपालिकाको आयोजना प्रादेशिक सुशासन केन्द्र डोटीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ कैलालीको सहजीकरणमा सम्पन्न भएको हो । सुनुवाई कार्यक्रमका सहभागिहरुले कार्यक्रमलाई वडा तहबाट नै गर्न सुझाव दिए ।
नगरपालिकाकी उपमेयर शारदा रोकायाले सुशासनका लागि नगरपालिकामा मात्र नभएर वडा–वडामा सार्वजनिक सुनुवाई गर्नपर्ने सुझाव दिईन । वडा तहबाट नै सार्वजनिक सुनुवाई गरेमा प्रभावकारी समेत उनले बताईन् । उनल नगरमा सेग्राहीलाई छिटो छरिटो सेवा दिनका लागि पालिकाको बैठकमै निर्णय भएको बताईन ।
‘सेवाग्राहीका काम कागजी प्रक्रिया पुगेको भए चाडो गर्नुहोला भन्ने कुरा पालिकाको बैठकमा समेत निर्णय भएको छ’, उनले भनिन् । ‘प्रक्रिया नपुगेको भए पनि सम्झाएर मात्र पठाउन भनिएको छ ।’
कार्यक्रममा सहभागीबाट आएका गुनासोलाई प्रमुख प्रशाशकीय अधिकृत बसन्त खत्रीले सम्बोधन जफाव दिएका थिए । उनले आर्थिक बर्ष २०७८÷०७९ को सम्पन्न कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
सार्वजनीक सुनुवाई कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत खत्रीले आर्थिक वर्ष २०७८÷७९ मा भएको प्रगति समीक्षा प्रस्तुत समेत गरेका थिए । उनले आर्र्थिक वर्ष २०७८÷७९ मा १ अर्ब १२ करोड ४६ लाख ११ बजार अर्थात ८७ दशमलव ९२ प्रतिशत आम्दानी भएको बताए ।
त्यस्तै, नगरपालिका प्रवत्ता तथा वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्टले सार्वजनिक सुनुवाई कार्यक्रममाले शुसासन कायम गर्नमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । उनले सार्वजनिक सुनुवाई कार्यक्रम कुनै संघ संस्थाले भन्दा पनि नगरपालिकाले नै गर्नुपर्नेमा जोड दिए । उनले आफु आफ्नो वडाको विकास तथा सुशासनको लागी प्रयत्न गर्ने दावी गरे ।